विदेशी कार्यक्रमनै छाडेर मध्यरातसम्म मन्त्रालय बसेर बजेट लख्छ अर्थमन्त्रीसहितको टीम

विदेशी कार्यक्रमनै छाडेर मध्यरातसम्म मन्त्रालय बसेर बजेट लख्छ अर्थमन्त्रीसहितको टीम
  • १० जेष्ठ २०८३, आईतवार १७:१६

काठमाडौं– बजेट भाषणको तिथि नजिकिएसँगै अर्थमन्त्रालयमा कार्यव्यस्तता उत्कर्षमा पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफैं दिनरात बजेट लेखनमा भिडिरहेका छन् ।

mulpatra

बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याउने यो पहिलो बजेट हो । आर्थिक संकूचन र स्रोतको सीमितताबीच आशालाग्दो बजेट ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री छन् ।

हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ । केही दिनदेखि उनले पूर्णरूपमा आफूलाई बजेटमै केन्द्रित गरेको अर्थमन्त्रालय स्रोत बताउँछ ।

mulpatra mulpatra mulpatra

अर्थमन्त्रीले दैनिक १६ घन्टा जति अर्थमन्त्रालयमा बिताइरहेका छन् । उनी बिहान ७ देखि ८ बजेको बीचमा मन्त्रालय आउने र राति ११–१२ बजेमात्रै निवास फर्किने गरेको स्रोतले जानकारी दियो ।

मन्त्रीसहित बजेट लेखनमा जुटेका कर्मचारीहरूले बिहान–बेलुकीको खाना र दिउसोको खाजा प्राय मन्त्रालयमै खाने गरेका छन् ।

अर्थमन्त्री वाग्ले अत्यावश्यक कार्यक्रमहरुमा मात्रै बाहिर जान्छन् । यसबीचमा उनले संसद बैठकमा सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गरेका थिए भने केही विधेयकहरु पनि पेश गरेका थिए । बजेटका सिद्धान्त तथा प्राथमिकता पनि उनले संसदमा प्रस्तुत गरिसकेका छन् । संसदीय समितिका बैठकमा पनि भाग लिएका छन् ।

Image Source: © https://mulpatra.com

अर्थमन्त्री भएयता डा. वाग्लेले विदेश भ्रमण गरेका छैनन् । बजेट प्राथमिकताकै कारणले उनले विदेशका कार्यक्रमहरु एटेन्ड नगरेको उनको सचिवालयले बताएको छ ।

अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित ‘नेपाल बहस’ कार्यक्रममा जान नसकेपछि उनले मन्त्रालयबाटै भर्चुअल सम्वोधन गरे ।

यस्तै, संयुक्त राष्ट्रसंघको एक सभाका लागि आएको निमन्त्रण पनि उनले पन्छाए । उक्त सभामा अर्थमन्त्रालयका सहसचिव डा. धनीराम शर्माले प्रतिनिधित्व गरेका थिए भने अर्थमन्त्रीले भर्चुअल सम्बोधन गरे ।

उज्वेकिस्तानमा आयोजित एक बैठकमा पनि मन्त्रीले आफू नगएर धनीरामलाई नै पठाएका थिए ।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ ७ गते ८ जना पूर्वअर्थमन्त्रीहरूसँग बजेटका विषयमा सुझाव लिए । पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, बिष्णु पौडेल, डा. युवराज खतिवडा, जनार्दन शर्मा, वर्षामान पुन, डा. रामेश्वर खनाल, डा. प्रकाशशरण महत र शंकर कोइरालाले अर्थमन्त्रीलाई सामूहीकरूपमा भेटेर सुझाव दिएका हुन् ।

पछिल्ला दिनहरुमा भने मन्त्री वाग्ले बजेट लेखनलाई अन्तिम रूप दिने कार्यमा जुटिरहेका छन् । अर्थमन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको नेतृत्वमा गठन गरेको टीमले बजेटको मस्यौदा गरिरहेको छ ।

उक्त टीममा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् । उनीहरूसहित अर्थसचिव डा. घनश्याम उपाध्याय र राजश्व सचिव भूपाल बरालको पनि बजेट निर्माणमा सक्रियता छ ।

बजेटसम्बन्धी महत्वपूर्ण बैठक व्रिफिङ मन्त्री वाग्लेकै कार्यकक्षमा हुने गरेको छ । कर्मचारीले हरेक कुरा अर्थमन्त्रीलाई व्रिफिङ गर्ने गरेका छन् । मन्त्रालयमा बजेट लेख्ने छुट्टै कोठा छ । त्यहाँ बजेट लेख्ने टिमले काम गर्छ । उक्त टिमबाट आउने प्रस्ताव र मस्यौदाहरु हेरेर अर्थमन्त्रीले करेक्सन गर्ने गरेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com