क्यान प्रवक्ता लामालाई राखेपले फिर्ता बोलायो

क्यान प्रवक्ता लामालाई राखेपले फिर्ता बोलायो
  • १२ जेष्ठ २०८३, मंगलवार ११:२२

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) मा आफ्नो प्रतिनिधिको रूपमा रहेका छुम्बी लामालाई फिर्ता बोलाएको छ ।

mulpatra

परिषद्ले शुक्रबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो । लामा क्यानका प्रवक्तासमेत हुन् ।

परिषद्ले २०८० चैत २९ गते लामालाई नेपाल क्रिकेट संघको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो। नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको छ ।

mulpatra mulpatra mulpatra

राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, २०८३ जेठ ११ गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको छ ।

नेपाल क्रिकेट संघको स्वीकृत विधान २०५५ (चौथो संशोधन २०८) सहित० को दफा ३ को उपदफा (४) को व्यवस्था बमोजिम उनलाई जिम्मेवारीबाट हटाइएको राखेपले जनाएको छ ।