स्पेनले ४–० अन्तरले साउदीलाई हरायो
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेविया माथि ४–० को प्रभावशाली जित दर्ता गरेको छ। एटलान्टामा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

स्पेनका लागि १०औँ मिनेटमा लेमिनले गोल गर्दै खाता खोले। त्यसपछि २१औँ र २४औँ मिनेटमा मिकेलले लगातार दुई गोल थपे। दोस्रो हाफको ४९औँ मिनेटमा साउदीका हसन अल्ताम्बक्तिबाट आत्मघाती गोल भएपछि स्पेनको जित सुनिश्चित भयो।
यस जितसँगै स्पेनले दुई खेलबाट चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। पराजित साउदी अरेबियामाथि भने नकआउट चरणको सम्भावना कायम राख्न आगामी खेल जित्नुपर्ने दबाब बढेको छ।
![]() |
![]() |
![]() |
|---|



