Close

Recent Posts

शेरबहादुर देउवा समूहले पार्टी सभापति गगनकुमार थापालाई राख्यो पाँचबुँदे प्रस्ताव

शेरबहादुर देउवा समूहले पार्टी सभापति गगनकुमार थापालाई राख्यो पाँचबुँदे प्रस्ताव
  • ४ श्रावण २०८३, सोमबार ०८:३०

काठमाडौँ । विघटनको संघारमा रहेको नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समूहले पार्टी सभापति गगनकुमार थापालाई पाँचबुँदे प्रस्ताव गरेका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र कार्यसम्पादन पनि थापाको बहुमत हुने गरी समिति बनाउने प्रस्ताव गरेको हो।

mulpatra

पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहितका नेताहरूलाई राखेर विश्वकर्माले पत्रकार सम्मेलन गर्दै चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँग समायोजन गरी गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने पहिलो माग राखेका छन् ।

पार्टी एकताका लागि आफ्नो पक्षले हदैसम्मको लचकता अपनाएको तर, संस्थापनले पहिले भएका सहमतिभन्दा फरक कुराहरू बाहिर ल्याएर एकतामा अवरोध सिर्जना गरेको आरोप उनले लगाए ।

mulpatra

यस्ता छन् पाँच बुँदे प्रस्ताव–

क) चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

Image Source: © https://mulpatra.com

ख) सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।

ग) पूनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

घ) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरू बनाउने ।

ङ) महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com