Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

४६ प्रतिशत जनसंख्या बैंकिङ सेवाबाट वञ्चित

४६ प्रतिशत जनसंख्या बैंकिङ सेवाबाट वञ्चित
  • २७ जेष्ठ २०८१, आईतवार ०८:१९

काठमाडौं– नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित भएको तथ्यांक सार्वजनिक भएको छ ।

mulpatra

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ्सले तयार गरेको पेमेन्ट इनोभेसन एण्ड रिक्स इन साउथ एसिया प्रतिवेदनले ४६ प्रतिशत जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित भएको उल्लेख गरेको हो ।

राष्ट्र बैंकले उक्त प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ । यसअनुसार दक्षिण एसियामा बंगलादेशमा सबैभन्दा धेरै बैंकिङ पहुँचबाट बाहिर रहेका छन् ।

mulpatra mulpatra mulpatra

तथ्यांकअनुसार बंगलादेशमा ४७.२ प्रतिशत नागरिक बैंकिङ सेवाबाट वञ्चित हुँदा भारतमा २२.५ प्रतिशत वञ्चित छन् । यस्तै श्रीलंकामा भने जम्मा १०.७ प्रतिशतमात्रै जनता बैंकिङ सुविधाबाट वञ्चित छन् ।

नेपालमा भने कुल जनसंख्याको ४६ प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर रहेकोमा २५.०५ प्रतिशत महिला र २०.९५ प्रतिशत पुरुष रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।