Close

Recent Posts

कक्षा १२ को नतिजास् १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

कक्षा १२ को नतिजास् १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण
  • १८ श्रावण २०८१, शुक्रबार ०७:२४

काठमाडौं–कक्षा १२ को नियमिततर्फको नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ । परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ९ग्रेडेड० भएका छन् भने ४७।०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी)अनुत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८र७९ का २८।२६ प्रतिशत पास भएका छन् भने २०७६र०७७ का ६२।०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ । यस्तै १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएको छ । ३८ हजार १४६ जनाको एनजी आएको हो ।