Close

Recent Posts

माफ अन्तर–विद्यालय फुट्सल प्रतियोगिता सम्पन्न

माफ अन्तर–विद्यालय फुट्सल प्रतियोगिता सम्पन्न
  • २ भाद्र २०८१, आईतवार ११:०८

पिस पोइन्ट र लाइसियम मोडेल स्कुल विजयी

नीजि विद्यालयहरुको छाता संगठन म्युचुअल एकाडेमिक एक्टिभिटीज फोरम (माफ)को चौथो माफ अन्तर–विद्यालय जुनियर छात्र तथा पहिलो सिनियर छात्रा फुट्सल प्रतियोगिता क्याम्ब्रिज पब्लिक हाइ स्कुल बानेश्वरमा हालै सम्पन्न भएको छ ।

mulpatra

क्याम्ब्रिज पब्लिक हाइ स्कुलद्वारा आयोजित उक्त प्रतियोगितामा ‘जुनियर छात्र’ क्याटेगोरीमा पिस पोइन्ट बोर्डिङ स्कुल प्रथम, बेबिलोन नेसनल स्कुल द्वितीय, क्याम्ब्रिज पब्लिक स्कुल तृतीय तथा ज्ञान निकेतन सेकेन्डरी स्कुल चौथो भएका थिए। ‘छात्रा क्याटेगोरी’ तर्फ लाइसियम मोडेल स्कुल प्रथम, व्हिज किड्स इन्टरनेसनल स्कुल द्वितीय, बेबिलोन नेसनल स्कुल तृतीय तथा नेपाल मेगा स्कुल चौथो भएका थिए ।

जुनियर छात्र फुट्सलतर्फ उत्कृष्ट प्रदर्शन गरेबापत विभिन्न खेलाडीहरूले विभिन्न पुरस्कारहरू प्राप्त गरेका थिए। बेबिलोन नेसनल स्कुलका सम्मेलन शाहीले ‘राइजिङ स्टार’ पुरस्कार प्राप्त गरेका थिए, पिस पोइन्ट स्कुलका स्यारोन देउलाले ‘हाइएस्ट स्कोरर’, क्याम्ब्रिज पब्लिक स्कुलका सुजित लामाले ‘बेस्ट गोलकिपर’ तथा क्याम्ब्रिज पब्लिक स्कुलका प्रज्वल थापाले ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ पुरस्कार प्राप्त गरेका थिए ।

mulpatra mulpatra mulpatra


त्यसैगरी, छात्रा फुट्सलतर्फ व्हिज किड्स इन्टरनेसनल स्कुलकी दीक्षा पहाडीले ‘राइजिङ्ग स्टार’, लाइसिएम मोडेल स्कुलकी रुबिनाले ‘हाइएस्ट स्कोरर’, लाइसिएम मोडेल स्कुलकी प्राप्ती पोखरेलले ‘बेस्ट गोलकिपर’ एवं लाइसिएम मोडेल स्कुलकै प्रिन्सिका खड्काले ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगितामा १६ वटा माफ सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो।

सहभागी विद्यालयहरूमा बेबिलोन नेसनल स्कुल, क्याम्ब्रिज पब्लिक हाइ स्कुल, व्हिज किड्स इन्टरनेसनल स्कुल, लाइसिएम मोडेल स्कुल, प्रस्फुटन इन्टरनेसनल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी, ज्ञान निकेतन सेकेन्डरी स्कुल, नोबेल एकेडेमी, इलिक्सर एकेडेमी, एडभान्स सेकेन्डरी स्कुल, जगत मन्दिर सेकेन्डरी स्कुल, साम्भवी स्कुल, पिस पोइन्ट बोर्डिङ स्कुल, गोल्डेन पिक हाइ स्कुल, नेपाल मेगा स्कुल तथा न्यु अरुणोदय स्कुल रहेका थिए ।


क्याम्ब्रिज पब्लिक हाइ स्कुलकी प्रिन्सिपल रिता राई दाहालको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रुपमा उपस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अध्यक्ष श्री पंकजविक्रम नेम्बाङले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि श्री पंकज विक्रम नेम्बाङले सम्पूर्ण खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

Image Source: © https://mulpatra.com

प्रतियोगिताको उद्घाटन समारोहमा एन्फाका महासचिव श्री किरण राई, माफका अध्यक्ष श्री इसु गुरुङ, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ती मोक्तान, माफका पदाधिकारी तथा सदस्यहरू लगायत माफ सदस्य विद्यालयका प्रिन्सिपलहरू तथा डाइरेक्टरहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा माफका अध्यक्ष श्री इसु गुरुङले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमकी अध्यक्ष श्री रिता राई दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रममा क्याम्ब्रिज पब्लिक स्कुलका विद्यार्थी भाइबहिनीहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने सम्पूर्ण खेलाडीहरूले मार्च पास गरेका थिए।


तीन दिन सञ्चालित उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवनराम श्रेष्ठले सम्पूर्ण विजयी टिम तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिज्यूले सम्पूर्ण विजयी विद्यार्थी तथा खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो। उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन माफका सचिव श्री राजेश खरेलज्यूले गर्नुभएको थियो।