Close

Recent Posts

छाँयाछवि तीज नारी सम्मान सम्पन्न

छाँयाछवि तीज नारी सम्मान सम्पन्न
  • २३ भाद्र २०८१, आईतवार ११:०९

काठमाडौं । सौन्दर्य क्षेत्रमा विशिष्ट योगदान गरे वापत ‘छाँयाछवि तीज नारी सम्मान–२०८१’ द्धारा बरिष्ठ सौन्दर्यविद चुनु थापा सम्मानित भएकी छिन ।

mulpatra


११ औं छाँयाछवि तीज म्युजिक अवार्ड २०८१ को घोषणासँगै विभिन्न विधामा उत्कृष्ट योगदान गरेवापत छ जना महिलाहरुलाई छाँयाछवि तीज नारी सम्मानले सम्मानित गरेको थियोे ।


छाँयाछवि तीज नारी सम्मानले सम्मानित हुने अन्यमा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई र लोक गायिका सञ्जु न्यौपाने रहेका छन ।

mulpatra mulpatra mulpatra


यस किसीमको सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिए बापत सम्मानित गरीएको आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।


छायाँछवि क्रियशनले नियमीत रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ पनि सँगै सम्पन्न गरेको छ । ११औं संस्करणमा उत्कृष्ट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलु‘ बाट एलीना चौहान, उत्कृष्ट तीज गीत गायिकामा हरदनि पुजा गर्छु म‘ बाट शोभा पाण्डे एवं यहि बिधामा जुरी तर्फ बिन्दु बिसी, उत्कृष्ट मौलीक तीज गीतको लय तर्फ काली पसम की डोरी कसम‘ गीत बाट प्रेम सापकोटा सोनु, यसै गीतबाट स्मारीका ढकालले मौलीक तीज गीत मोडलमा, तीज गीत मोडल ९महिला० तर्फ कविता न्यौपाने, साथै यसै बिधामा तीजको उमङ्ग।। गीत बाट शीला गजुरेलले अवार्ड प्राप्त गरेका छन ।


काठमाडौंको एक मलमा भव्य आयोजना गरिएको उक्त कार्यक्रमको सन्चालन कार्यक्रम सन्चालिका दीपज्योति थापाले गरेकी थिइन् ।

Image Source: © https://mulpatra.com