Close

Recent Posts

रिहा भए कोशीका पुर्व मन्त्री लिलाबल्लभ अधिकारी

रिहा भए कोशीका पुर्व मन्त्री लिलाबल्लभ अधिकारी
  • १० मंसिर २०८१, सोमबार २०:३१

काठमाडौं । जापानमा मानव तस्करी गर्न लागेको आरोप लागेका कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी विरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आज सो निर्णय गरेसँगै थुनामा रहेका अधिकारी आज रिहा भएका छन् ।

mulpatra


सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले उनीहरूको बयान र अन्य प्रमाणका आधारमा पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको बताए ।


पक्राउ परेका आठजनासहित फरार तीनजनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका आठ जनामा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई रहेका छन् भने दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतम फरार रहेका छन् ।

mulpatra mulpatra mulpatra