Close

Recent Posts

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

आफनो पार्टीको तस्करी मन्त्रीलाई उन्मुक्ति, प्रसाईलाई फसाउन प्रधानमन्त्रीकै षड्यन्त्र

आफनो पार्टीको तस्करी मन्त्रीलाई उन्मुक्ति, प्रसाईलाई फसाउन प्रधानमन्त्रीकै षड्यन्त्र
  • २३ मंसिर २०८१, आईतवार १६:५१

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गरेको छ ।

mulpatra

न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकार गर्ने रजिस्टारको निर्णयलाई निरन्तरता दिएको हो । योसँगै उनले मानव तस्करीजस्तो जघन्य अपराधमा उन्मूक्ति पाएका छन् ।
मन्त्री अधिकारीलाई जोगाउन र मानव तस्करी मुद्दामा जेल नहाल्न प्रधानमन्त्री केपी ओली स्यंम लागेका थिए । उनले अधिकारीलाई मानव तस्करी जस्तो जघन्य अपराधबाट जोगाएका छन् ।

मानव तस्करीमा संलग्न एक समूहले तत्कालीन मन्त्री अधिकारीलाई जापान पु¥याएको थियो, तर उनलाई जापानको अध्यागमनले फर्काइदिएपछि प्रहरीले उक्त समूहका व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । मन्त्री अधिकारी पनि पक्राउ परे, तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई छाडियो ।

mulpatra mulpatra mulpatra

यस्तै प्रधानमन्त्री ओलीले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा फसाउन प्रहरीलाई निर्देशन दिएको पाइएको छ ।

ओलीको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउन पक्राउ पुर्जी लिएपनि सार्वजनिक गरेको छैन ।

गत मंसिर ३ गते प्रसाईले प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको प्रमाण देखाएका थिए । यही मुद्दामा हाल प्रसाई हिरासतमा छन् । प्रसाईलाई एक पछि अर्को मुद्दा हाल्न प्रधानमन्त्रीले सीआईवी प्रहरीलाई निर्देशन दिएको पाइएको छ । प्रहरीले भने प्रमाण नभएका कारण मुद्दा नचलाउन समस्या भइरहेको ओलीलाई जानकारी गराएको सीआईवीका एक प्रहरीले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

ओलीले पछिल्लो समय उनीविरुद्ध बोल्न जसलाई पनि कानुनी समस्या र फकाउन शक्तिको दुरुपयोग गरिरहेका छन् । प्रसाईलाई पनि यसरी फसाउन ओलीले प्रहरीको प्रयोग गरिरहेका छन् ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको छ । यस विषयमा अनुुसन्धान गर्नुपर्ने हो । तर प्रसाईलाई फसाउन पहिला नै पक्राउ पुर्जी लिएको देखिन्छ ।