Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बढ्दो प्रकोपबाट मावन र अर्थतन्त्र जोगाउनै मुस्किल

बढ्दो प्रकोपबाट मावन र अर्थतन्त्र जोगाउनै मुस्किल
  • २६ मंसिर २०८१, बुधबार १६:४९

काठमाडौँ – पर्वतीय क्षेत्रमा बढ्दो प्रकोपबाट समुदाय, पूर्वाधार एवम् पारिस्थितिकीय सेवाहरुलाई जोगाउन धौधौ पर्न थालेको छ । तीव्र रफ्तारमा बढ्न थालेको प्रकोपबाट जोगिन हिन्दुकुश हिमालय क्षेत्रका ६ पर्वतीय मुलुकका प्रकोप विज्ञहरु छलफलमा जुटेका छन् ।

mulpatra

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) अन्तरगतको ‘हिन्दुकुश हिमाली प्रकोप जोखिम न्यूनिकरण (डीडीआर) हब’ले नेपाल, भारत, चीन, भुटान, पाकिस्तान र बंगलादेशका प्रकोप विज्ञहरुबीच छलफल गराएको हो । डीडीआर हब एक स्वयंसेवी मञ्च हो, जसले संवेदनशील पर्वतीय क्षेत्रको प्रकोप जोखिमबारे अनुसन्धान र पैरवी गर्छ ।

‘मान्छेको जीवन बचाउने, जिविकोपार्जन र पूर्वाधार संरचनाहरु जोगाउन एवम् क्षेत्रीय अर्थव्यवस्थाको रक्षा गर्ने उद्देश्यले यो पहल अघि सारिएको हो’, ईसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले भने, ‘दुःखद, तर निश्चित कुरा के हो भने, आगामी दिनमा तापक्रम बृद्धिले निम्त्यिाउने खतराहरु अझै भयंकर हुने छन् ।’

mulpatra mulpatra mulpatra

इसिमोडकै हिमावरण (क्रायोस्फीयर) तथा जल जोखिम व्यवस्थापन टोलीकी संयोजक नीरा श्रेष्ठ प्रधानले पनि जल, नदी प्रणाली एवम् जमीनको स्थायित्वमा हुनेवाला परिवर्तनका लागि पर्याप्त तयारी गर्न अब समय घर्किन थालेको बताइन् । उनले भनिन्, ‘हाम्रो यस क्षेत्रमा भविष्यमा उत्पन्न हुने विनासकारी घटनाहरुको असर परिवार तथा उद्यममा सकेसम्म कम परोस् भन्नका लागि सबै शक्तिहरु एकजुट हुन जरुरी छ ।’

हिन्दुकुश हिमालय क्षेत्रको भूगोल, मौसम प्रणाली र उच्च जनसंख्याले यस क्षेत्रलाई जलवायु प्रेरित प्रकोपहरुका निम्ति ज्यादा जोखिमपूर्ण बनाएको छ ।

पूर्व चेतावनी प्रणाली जडान गर्दै प्राविधिकहरू

Image Source: © https://mulpatra.com

अलजजिराले यसै हप्ता पाकिस्तानमा आएको बाढीलाई वर्ष २०२४ को ‘सर्वाधिक घातक जलवायु घटना’ घोषित गरेको छ । गत असोजमा नेपालमा आएको बाढीले २६८ जनाको ज्यान लियो र कयौँ घर, कृषि भूमि तथा पूर्वाधार आयोजनाहरुलाई तहस–नहस पार्यो । बाङ्लादेशमा आएको बाढीले १ करोड ८० लाख मानिसहरु प्रभावित भए ।

नेपाल स्थित अस्ट्रेलियाली दूतावासकी विकास प्रमुख कविता कास्यनाथनले पर्वतीय क्षेत्रका सरकारहरुले आफ्ना नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवा पुर्याउन पनि कडा मिहेनत गर्नु परिरहेको बताइन् । तसर्थ, बढ्दो नोक्सान र क्षतिको भर्पाई गर्न अधिकारीहरुले ब्यापक स्तरमा ज्ञान र स्रोत एकत्रित गर्नुपर्ने उनले बताइन् ।

उक्त दुई दिने सम्मेलनमा ईसिमोडका सदस्य राष्ट्रहरु प्रमुख संगठनहरु सम्मिलित थिए, जसमा सरकारी अधिकारी, शिक्षाविद्, व्यवसायी, गैरसरकारी संस्था, संयुक्त राष्ट्रका एजेन्सीहरु लगायतको सहभागिता थियो ।

सन् २०२७ को अन्त्यसम्म पृथ्वीका हरेक मानिसलाई खतरनाक मौसम, जल तथा जलवायुजन्य प्रकोपका बारेमा पूर्व चेतावनी (अर्लि वार्निङ) मार्फत् स्वयं बचावको मौका प्रदान गर्ने लक्ष्य राखिएको छ । यो कार्यक्रम अस्ट्रेलियाली दूताबास र स्विस डेभेलपमेण्ट कोअपरेशनको सहयोगमा आयोजना गरिएको ईसिमोडले जनाएको छ ।