Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

पेट्रोलको भाउ बढे पनि डेढ वर्ष अघिकै मुल्यमा बिक्री,

पेट्रोलको भाउ बढे पनि डेढ वर्ष अघिकै मुल्यमा बिक्री,
  • १ पुष २०८१, सोमबार १०:३९

काठमाडौं– नेपाली बजारमा पेट्रोलियम पदार्थको विक्री गर्ने एकाधिकार पाएको सरकारी संस्थान नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज पुस १ देखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

mulpatra

निगमका अनुसार आइतबार मध्यरातिदेखि लागू हुने नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेर नयाँ दर लागू भएको छ।

त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य त्यही प्रतिलिटर दुई रुपैयाँका दरले घटाइएको छ । अब एक लिटर पेट्रोल किन्न ठाउँअनुसार १५९ रुपैयाँ ५० पैसादेखि १६२ रुपैयाँसम्म तिर्नुपर्ने छ । काठमाडौँ, पोखराजस्ता शहरमा भने १६२ रुपैयाँ नै तिर्नुपर्ने भएको छ । डिजेलको मूल्य भने १४८ रुपैयाँ ५० पैसादेखि १५१ रुपैयाँ प्रतिलिटरसम्म झरेको छ ।

mulpatra mulpatra mulpatra

तर यो कुनै कीर्तिमानी उचाई होइन । यसअघि २०७९ असार ५ गते रातीदेखि लागू भएको मूल्य सूची अनुसार काठमाडौँ लगायतका शहरमा पेट्रोलको भाउ १९९ रुपैयाँ लिटर पुगेको थियो । त्यसबेला डिजेलको भाउ १९२ रुपैयाँ लिटर पुगेको थियो । यो मूल्य असार ११ गतेसम्म कायम रह्यो । त्यस बेला एक हप्ताको अन्तरालमा पेट्रोलको भाउ प्रतिलिटर २० रुपैयाँ र प्रतिलिटर २९ रुपैयाँ घटेको थियो ।

पेट्रोलको भाउ २०७८ फागुनदेखि नै १५० रुपैयाँ वा त्योभन्दा माथि रहँदै आएको छ । त्यसयता पेट्रोल सबैभन्दा सस्तो हालतमा अहिले छ । डिजेल चाहीँ २०८० साउनमा झरेको १४६ रुपैयाँको स्तरमा पुग्न संघर्षरत देखिन्छ ।