Close

Recent Posts

प्रसाईको हिन्दुत्व महाअभियानमा लगाम लगाउन खोज्दा भारत भ्रमणमा ओलीको मरिहत्ते असफल

प्रसाईको हिन्दुत्व महाअभियानमा लगाम लगाउन खोज्दा भारत भ्रमणमा ओलीको मरिहत्ते असफल
  • ८ पुष २०८१, सोमबार १६:३५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अब चाँडै भारत भ्रमणमा जाने घोषणा गरे । त्यसको केही दिनपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगिन । उनी दिल्ली जानुको मुख्य उद्देश्य भनेको प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाइदिन भनेर त्यहाँका विदेशी मन्त्री एस जयशंकर तथा सरकारी अधिकारीहरू गुहार माग्न थियो ।

mulpatra

ओलीलाई भ्रमणाम बोलाइदिन आग्रह गर्ने दाउसहित दिल्ली पुगे पनि आफैँले ‘राखी बाँधेको भाइ’ भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालेले समेत भेट नदिएपछि राणा अलमलमा परिन । उनी अन्तिममा दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउन गएको भन्दै फर्किनु परेको छ ।

ओलीले दिल्ली भ्रमणका पहलका लागि आप्रवासीसम्बन्धी कार्यक्रममा भाग लिने निहुँमा पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पनि दिल्ली पठाएका छन् । अहिले ज्ञवाली भारतीय विदेश मन्त्री हिडे बाटो कुरेर बसेका छन् । उनलाई समेत भारतले वेवास्ता गरेको भारतस्थित नेपाली दूतावासका कर्मचारीहरुले बताएका छन् ।

mulpatra mulpatra mulpatra

उनका अनुसार आरजु र ज्ञवालीको उद्देश्य एकै भए पनि भारतीय नेताहरूले उनीहरु भारत आएको मतलब गरेनन् । त्यति मात्र होइन आरजुको विदेश मन्त्री एस जयशंकर र भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवाले समेत फोन नउठाएको दूतावासका ती कर्मचारीको भनाइ छ ।

राणालाई भारतीय सबै नेताको एकै जवाफ मिलेको थियो । अहिले समय छैन । ‘पछि भेटौँला । नेपालबाटै समय मिलाएर आउनु राम्रो हुनेछ । यस्तो गर्नु कूटनीतिक विपरित भएको जवाफ पाएपछि उनी पर्यटकझैँ भ्रमणमा आउने होइन होला’ यसले राणाको कूटनीतिक शैली र क्षमतामा पनि भारतीय पक्षले प्रश्न उठेका छन् ।

सनातन धर्म मूलतः वैदिक धर्मलाई भारतले नेपालमा स्थापित गर्न खोजीरहेको छ । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचि राख्नु भएको छ । मोदी आफनै कार्यकालमा नेपाल हिन्दुराज्य भएको हेर्ने चाहान्छन् ।

Image Source: © https://mulpatra.com

सनातन धर्म मूलतः वैदिक धर्मलाई हिन्दुत्वसँग जोडेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाभियान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशव्यापी रुपमा महाअभियान चलाइरहेका छन् । यस महाअभियानमा धेरै नेपालीहरुको अस्थासँगै जोडिन थालेका छन् । नेपालको राजनीतिकमा अहिले हिन्दुधर्म स्थापना होला भनेर टाउको दुखाईको विषय पनि भएको छ ।

प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाभियान’ले हिन्दूराष्ट्रको वकालत गर्दे आएको थियो । उनको महाअभियानलाई भारतले नजिकबाट नियालिरहेको पनि छ । प्रसाईमाथि ओली सरकारले लगाम लगाउन खोज्दा उनीसँग भारत मात्र होइन । नेपाली जनता समेत रुष्ट छन् ।

प्रसाईको महाअभियानलाई ओलीले भारतसँग जोडेर हेरेका थिए । ओली सरकार पुगेदेखि प्रसाईलाई झुटो आरोप लगाएर जेल हाल्न मात्र खोजे । उनलाई दुई पटक पक्राउ समेत गरे । यी विषयलाई भारतले नजिकबाट नियालेर हेरिरहेको एमालेकै नेताहरु बताउँछन् ।

पछिल्लो पटक प्रसाई पक्राउ परेको समाचार भारतीय मिडियामा समेत चर्चा भयो । भारतीय मिडियाले ओलीले आफनो कम्बोडियामा लगानी भएको ३२ करोड लुकाउन प्रसाईलाई झुटो मुद्दामा फसाउन खोजेको पनि बुझेको छ । भने भारतीय सञ्चारमाध्यम यस विषयले चर्चा र महत्व समेत पाएको छ ।

आफनो कम्बोडियामा ३२ अर्ब लगानी भएको प्रमाण देखाएपछि प्रधानमन्त्री ओलीले मंसिर ४ गते नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्रिन लगाएका थिए । प्रसाईलाई पक्रिएर भारतलाई देखाउन खोजेको भातीय पक्षीयको बुझाई छ ।
प्रसाईलाई ओली झुटो मुद्दामा एक महिनाभन्दा बढी हिरासतमा राखेको थियो । उनले हिन्दु राज्यको पक्षमा उठाएको आवाज भारतलाई मन परेको छ ।

महाअभियान चलाएका प्रसाईलाई सामान्य मुद्दामा पक्रिएको भारतलाई मन परेको छैन । जसका कारण पनि भारतले ओलीलाई भ्रमणमा बोलाउन चासो नदिएको राजनीतिक वृत्तमै चर्चा छ । हाल प्रसाई सीआईवी प्रहरीको तारिखमा छन् । उनलाई गत साता सर्वोच्च अदालतले छाड्न सरकारलाई आदेश दिएको थियो ।