चौथो श्रीमति शिल्पाले घर लागेपछि रित्तिए छवि

काठमाडौं– प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि ओझा र उनकी चौथो श्रीमती शिल्पा पोखरलेको मानाचामलको मुद्दाले किनारा पाएको छ । काठमाडौंको गौरिघाटस्थित घर शिल्पालाई दिएर छविले शिल्पासँगको सम्बन्ध अन्त्य गरेका हुन्।
करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुईतले घर छाडेर छवि भने डेरामा सरेका छन् । प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि र शिल्पा लिभिङ टुगेदरमा बसेका छवि र शिल्पाले २०७३ मा असार २९ मा गोप्य बिबाह गरेका थिए ।
छविभन्दा शिल्पा ३० वर्ष कान्छी छिन् । शिल्पा छविकी चौथो श्रीमती हुन् । यसअघि छविले हिमा, गीताञ्जली सुनुवार र रेखा थापासँग बिहे गरेका थिए ।