Close

Recent Posts

७ महिनामै साढे १४ अर्ब बराबरको ६ हजार बढी विद्युतीय गाडी भित्रियो

७ महिनामै साढे १४ अर्ब बराबरको ६ हजार बढी विद्युतीय गाडी भित्रियो
  • ८ फाल्गुन २०८१, बिहीबार १६:०६

काठमाडौं । ७ महिनामै साढे १४ अर्ब बराबरको ६ हजार बढी विद्युतीय गाडी (कार, जीप र भ्यान) आयात भएका छन् । भन्सार विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्मको वैदेशिक व्यापार सम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।

mulpatra

समिक्षा अवधिमा कुल ६ हजार २५६ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् । ७ महिनामा १४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ बराबरको इभी नेपालले आयात गरेको छ । माघ महिनामा मात्रै ७७६ वटा इभि नेपाल भित्रिएको विभागले जनाएको छ । गत पुस मसान्तसम्ममा पनि १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० वटा इभि नेपाल भित्रिएका थिए ।

हाल नेपालमा चीन, भारत, जर्मर्नी, कोरिया र अमेरिकाबाट विभिन्न तौल क्षमका विद्युतीय गाडी आयात हुँदै आएका छन् । औसतमा मासिक ८९३ हाराहारीमा इभि नेपाल आउने गरेको विभागको तथ्याङ्क छ । विभागका अनुसार गत मंसिरमा १ हजार २१० वटा इभि नेपाल भित्रिएको थियो ।

mulpatra mulpatra mulpatra

यस्तै, कात्तिक महिनामा पनि ९६९ वटा, असोजमा ९१६ वटा, भदौमा १ हजार २२१ वटा र गत साउन महिनामा ३८१ वटा इभि आयात भएका थिए । विभाग अनुसार सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका इभि आयात भएको छ । समिक्षा अवधिमा यस्तो तौल क्षमतका ३ हजार ४९१ वटा इभि नेपाल भित्रिएका छन् ।

७ महिनामा ५० किलोवाटका २ हजार १५९ वटा इभि आयात भएको छ। विभाग अनुसार १०१ देखि २०० किलोवाटका ५९३ वटा, २०१ देखि ३०० किलोवाटका ११ वटा इभि आयात भएको छ । यता, ३०० किलोवाट बढी मोटर पिक पावर भएका २ वटा इभि आयात भएको देखिन्छ ।

कुन देशबाट कति आयो ?

Image Source: © https://mulpatra.com

नेपाली इभि बजार चिनिया गाडीको कब्जामा छ । कुल इभि आयातको ७६.२३ प्रतिशत हिस्सा चिनिया ब्रान्डको छ । चालु आवको ७ महिनामा कुल ४ हजार ७६९ वटा इभि चीनबाट आयात भएको छ । सो अवधिमा कुल ११ अर्ब ८७ करोड २२ लाख रुपैयाँ बराबरको इभि चीनबाट आएको भएको हो ।

समिक्षा अवधिमा भारतबाट भने २ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ बराबरको १ हजार ४५९ वटा इभि आयात भएका छन् । यस्तै, जर्मनीबाट १४ करोड २० लाख रुपैयाँ बराबरको २० वटा, अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँ बराबरको ५ वटा, कोरियाबाट २ करोड ३ लाख बराबरको ३ वटा इभि आयात भएको छ ।