Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

निजामती विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन

निजामती विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन
  • ९ फाल्गुन २०८१, शुक्रबार १४:४६

काठमाडौं– संघीय निजामती सेवा विधेयकमा दफापिच्छे विवाद भएपछि सहमतिका आधारमा टुंगो लगाउन राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ ।

mulpatra

दफावार छलफलका क्रममा सहमति नभएपछि उपसमितिमार्फत टुंगो लगाउन खोजिएको हो । समितिको शुक्रबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट हितराज पाण्डे,रास्वपाबाट डा. चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् ।

mulpatra mulpatra mulpatra

उपसमितिले एक महिनाभित्र विधेयकमा सहमति जुटाएर प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको छ । सबै दलहरूबीच र सरोकारवालाबीच सहमति जुटाएर उपसमितिले प्रतिवेदन पूर्ण बैठकमा पेश गर्नेछ ।