Close

Recent Posts

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी
  • २९ फाल्गुन २०८१, बिहीबार ०८:५९

काठमाडौँ — निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन) मा कृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । यहि २६ र २७ गते काठमाडौंको कमलादी स्थिति प्रज्ञा भवनमा महाधिवेशन आयोजना गरिएको थियो ।


काठमाडौंमा बुधबार सम्पन्न १६ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल, उपाध्यक्षद्वय आशिष श्रेष्ठ, थकिनकुमार गुरुङ, महासचिव आरबी कटुवाल, कोषाध्यक्ष गणेशबाबु पोखरेल चयन भएका छन् ।


निजी तथा आवासीय विद्यालयहरूको हकहितको संरक्षण तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित निजी तथा आवासीय विद्यालयको संगठन ९प्याब्सन० नेपालको एक प्रमुख शैक्षिक संस्था हो। यसको मूल उद्देश्य निजी विद्यालयहरूको हकहितको संरक्षण गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण तयार गर्दै आएको छ ।