औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा प्रवाह

औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा प्रवाह
  • ३१ जेष्ठ २०८३, आईतवार १९:१५

काठमाडौं– नेपालको औद्योगिक क्षेत्रमा खर्बौँ कर्जा प्रवाह गरिए पनि उद्योगको औसत क्षमता उपयोग भने निराशाजनक रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले उद्योगको औसत क्षमता उपयोग टिठलाग्दो रहेको देखाएको हो ।

mulpatra

उक्त अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तमा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७.६६ प्रतिशतले बढेको थियो ।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.८२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ०.६७ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.६४ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.६७ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १२.२६ प्रतिशत, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.१४ प्रतिशत कर्जा प्रवाह भएको छ ।

mulpatra mulpatra mulpatra

तर, उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ४२.९४ प्रतिशत रहेको थियो ।

सर्वेक्षणमा समेटिएका कुल १९५ उद्योगहरूमध्ये गार्मेन्ट उद्योगको क्षमता उपयोग ९५.७४ प्रतिशत, अन्य लत्ता कपडा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९०.०० प्रतिशत रहेको छ । यसैगरी, जलविद्युत उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ८२.७४ प्रतिशत, टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ७६.२० प्रतिशत र चाउचाउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ७०.०६ प्रतिशत रहेको छ ।

अध्ययनले समेटेका उद्योगहरूमध्ये गार्मेन्ट, चिनी, स्टिलजन्य उत्पादन, भटमासको तेल, आल्मुनियम उत्पादन, वियर, प्रशोधित छाला, मलम, टायर तथा ट्यूब, अन्य रासायनिक पदार्थ, चिरेको काठ उत्पादन, हल्का पेय पदार्थ, मदिरा, विस्कुट, धागो, सिमेण्ट, आदि उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग बढेको छ ।

Image Source: © https://mulpatra.com

जि.आई. पाईप, कच्चा छाला, वनस्पती घिउ, चुरोट, इँटा, जि.आई. तार, फलामको छड तथा पत्ति तथा सामानहरू, चप्पल, गहुँको पिठो, प्रशोधित चिया, प्रशोधित दूध, कागज, बिजुलीका तार र केबुल, घरेलु धातुका सामान आदि उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग घटेको छ ।

प्रदेशगत रूपमा हेर्दा उद्योगको क्षमता उपयोग लुम्बिनी प्रदेशको सबैभन्दा बढी (५०.४४ प्रतिशत) र सुदूरपश्चिम प्रदेशको सबैभन्दा थोरै (३०.८२ प्रतिशत) रहेको छ । समग्रमा समीक्षा वर्षमा मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको उद्योगको औसत क्षमता उपयोग बढेको छ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग घटेको अध्ययनले देखाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com