Close

Recent Posts

आज देखि एसईई, पाँचलाख चौधहजार एकहत्तर विद्यार्थी सहभागी

आज देखि एसईई, पाँचलाख चौधहजार एकहत्तर विद्यार्थी सहभागी
  • ६ चैत्र २०८१, बिहीबार ०७:०२

काठमाडौं । आजदेखि देशभरि माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु हुने भएको छ। यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने भएकाछन्, अघिल्लो बर्ष चार लाख चौसठ्ठी हजार सातसय पचासी जना सहभागी भएका थिए जुन गत वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी हो।

mulpatra


परीक्षा सहज र व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा सुरक्षा व्यवस्था व्यस्थित गर्दै १५० विद्यार्थीसम्म भएका केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तोकिएको छ भने प्रत्येक २० विद्यार्थी बराबर एक जना निरीक्षक खटाइने व्यवस्था गरिएको छ ।


यसपालिको एसईई जापानको एक परिक्षा केन्द्र, केन्द्र्रीय कारागार, दैलेख कारागारमा दूई तथा बाल सुधार गृह भक्तपुरमा समेत सन्चालन हुने भएको छ ।


सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँ जिल्लामा ३९ हजार ६०० छन् भने सबैभन्दा कम मनाङमा ४३ जना छन्। परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ, जसअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि, चैत १३ गते अनिवार्य सामाजिक, चैत १४ गते ऐच्छिक प्रथम, र चैत १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा तोकिएको छ।


बोर्डले असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यस पटक पनि लेटर ग्रेडिङ प्रणालीलाई निरन्तरता दिइनेछ, जहाँ न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण मानिनेछन्। गत वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकाले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ।