Close

Recent Posts

१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे

१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे
  • १ असार २०८३, सोमबार ०१:५३

काठमाडौं– विगत १२ वर्षको अवधिमा मुलुकभर ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सडक विभागअन्तर्गत कालोपत्रे भएको सडकको स्थिति देखाएको हो ।

mulpatra

उक्त अध्ययन अनुसार कालोपत्रेबाहेक अतिरिक्त ७ हजार ६ सय ६९ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ६ हजार १ सय ८० किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ । साथै, यस अवधिमा सडक सञ्जाललाई जोड्न देशभर १ हजार ६ सय ८७ वटा पुलहरूको निर्माण कार्य समेत सम्पन्न भएको छ ।

सबैभन्दा धेरै कालोपत्रे आर्थिक वर्ष २०८१÷८२ मा १ हजार २ सय ३५ किलोमिटर र २०७६÷७७ मा १ हजार ५९ किलोमिटर भएको देखिन्छ ।

mulpatra mulpatra mulpatra

१२ वर्षको अवधिमा कुल ७ हजार ६ सय ६९ किलोमिटर ग्राभेल भएकोमा आव २०७४÷७५ मा सबैभन्दा बढी १ हजार ३ सय १३ किलोमिटर सम्पन्न भएको थियो ।

आव २०७०÷७१ मा १ हजार ९ सय ८० किलोमिटर नयाँ ट्र्याक खोलिएको थियो, जुन पछिल्ला वर्षहरूको तुलनामा उच्च हो ।
१२ वर्षमा कुल १ हजार ६ सय ८७ पुल निर्माण भएका छन्, जसमा आव २०७६÷७७ मा सबैभन्दा बढी २ सय ९० वटा पुल बनेका थिए ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरण अनुसार सडक पूर्वाधारतर्फ ९ सय ८ किलोमिटर कालोपत्रे गर्ने वार्षिक लक्ष्य राखिएकोमा हालसम्म १५९ किलोमिटर (१७.५० प्रतिशत) प्रगति हासिल भएको छ । त्यस्तै, ५१.५ किलोमिटर माटे सडकको लक्ष्यमा ३२ किलोमिटर (६२.१४ प्रतिशत) सम्पन्न भइसकेको छ ।

Image Source: © https://mulpatra.com

उक्त अध्ययन अनुसार पुस मसान्तसम्ममा ४६ वटा पुलहरूको निर्माण सम्पन्न भएको छ, जुन वार्षिक लक्ष्यको २८.४० प्रतिशत हो । सरकारले राष्ट्रिय गौरवका आयोजना र अन्य रणनीतिक सडकहरूको निर्माणलाई प्राथमिकता दिँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com