जनप्रदर्शनको एक दिनअघि प्रसाई र राजाबीच दुई घण्टा वान टु वान भेटर्वार्ता, प्रदर्शनमा २१ भन्दा बढी संगठनको समर्थन
काठमाडौं– दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को जनप्रदर्शनलाई दुई राप्रपासहित २१ वटाभन्दा बढी संघ–संगठनले समर्थन गर्ने घोषणा गरेका छन् ।

जनप्रदर्शनको एक दिनअघि प्रसाई र राजा ज्ञानेन्द्र शाहबीच दुई घण्टा निर्मल निवासमा गोप्य भेटर्वार्ता भएको दरवार स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रसाईको भोली हुने जनप्रदर्शन, राजतन्त्र र हिन्दुराज्यका विषयमा छलफल भएको पाइएको छ ।
स्रोतका अनुसार प्रसाईसँग भएको भेटर्वार्तामा राजाले देशको चिन्ता व्यक्त गरेको पनि पाइएको छ । प्रसाई र महाराजबीच दुई घण्टा वान टु वान भेटर्वार्ता भएको हो । प्रसाईले भेटर्वार्ताका बारेमा भोली नै सार्वजनिक मञ्चमा बोल्न र राजाको सन्देश सुनाउनु समेत बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईकै कारण आज देशमा राजतन्त्र अहिलेको अवस्थामा आएको र यसलाई सफल बनाउन प्रसाईलाई राजाले शुभकामना समेत दिएको पाइएको छ ।
भोली चैत १५ गते हुने प्रसाईको जनप्रदर्शनमा नेवा समाज, विभिन्न आदिवासी संगठन, हिन्दुराज्यसम्बन्धीत संघ–संस्था, राष्ट्रवादी समुह, क्षेत्री समाज, पुर्वप्रहरीका विभिन्न संगठन, पुर्व सैनिकका विभिन्न संगठन, दुवै राप्रपा, पुर्व लडाकु समुह र अन्य विभिन्न संघ–संगठनले समर्थन गर्ने प्रतिवद्धता जनाइसकेको प्रसाईको सचिवालयले जनाएको छ ।
राश्वपाले समेत प्रसाईको जनप्रदर्शनलाई अप्रत्यक्ष रुपमा सहयोग गर्ने जनाइसकेको छ र भने प्रसाईको जनप्रदर्शनमा कांग्रेस, एमाले र माओवादीका असन्तुष्ट पक्षले समर्थन गर्ने भएका छन् ।
गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा एकैदिन प्रदर्शन हुँदै छ । राजावादीको प्रदर्शनका कारण समाजवादी मोर्चामा आबद्ध पार्टीलाई ठुलै चुनौती थपिएको छ ।
Image Source: © https://mulpatra.com
चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । उनीहरुको प्रदर्शनलाई सामान्य रुपमा हेरिएपनि राष्ट्रवादीको जनप्रदर्शनलाई महत्वका साथ हेरिएको छ ।
प्रसाईका कारण आज राजतन्त्र र हिन्दुराज्यको मुद्दा यहाँ आइपुगेको राजनीतिक दलका नेताहरुको बुझाइ छ । जसका कारण पनि चैत १५ गतेको जनप्रदर्शनलाई महत्वका साथ हेरिएको छ ।
प्रसाईको जनप्रदर्शनलाई महत्वका साथ भारत, चीन, अमेरिका र युरोपेली देशहरुले हेरेका छन् । जसका कारण पनि भोली जनप्रदर्शनले नेपालमा व्यवस्था परिवर्तन हुने अपेक्षा गरिएको छ ।
प्रसाईको उक्त जनप्रदर्शनमा राजा ज्ञानेन्द्र शाहले पनि ग्रीन सिग्नल दिइसकेका छन् । प्रसाईको जनप्रदर्शनमा राजाले आन्तरिक र बाहिरि रुपमै सहयोग गर्ने आफना समर्थकलाई आग्रह गरेका छन् । भने भोलीको जनप्रदर्शनमा कम्तिमा एक लाख सवसाधारण सडकमा उत्रिने अनुमान प्रहरीको छ ।



