Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

कार्यदलमा एकाघर सदस्य प्रतिबन्ध हटाउने सहमति

कार्यदलमा एकाघर सदस्य प्रतिबन्ध हटाउने सहमति
  • ५ बैशाख २०८२, शुक्रबार ११:४२

काठमाडौं– वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सहसचिवको नेतृत्वमा गठित कार्यदलको पहिलो बैठक बिहीबार मन्त्रालयमा बसेको छ । बैठकमा मन्त्रालयले तयार पारेको ऐन संशोधनको मस्यौदामा छलफल भएको छ ।

mulpatra

पहिलो छलफलमा एकाघर परिवारले एउटा मात्र म्यानपावर सञ्चालन गर्ने वर्तमान व्यवस्था हटाउन सैद्धान्तिक सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । कार्यदलको अर्को बैठक ३ दिनपछि बस्ने छ ।

छलफलमा संघका तर्फबाट अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेत सहभागी रहेका थिए । संघले ऐन संशोधनका लागि सुझाव संकलन गर्न शुक्रबार पूर्वअध्यक्षहरूको बैठक बोलाएको छ । संघले पूर्वअध्यक्ष तथा सबै घटक संस्थाहरूसँग छलफल गरेर सुझाव पठाउने अध्यक्ष गुरुङले बताए ।

mulpatra mulpatra mulpatra

मन्त्री भण्डारीले संसद्को आगामी अधिवेशनमा वैदेशिक रोजगार ऐन २०६४ संशोधन विधेयक टेबुल गराउने लक्ष्यअनुसार काम गरेकोे भन्दै विलम्ब नगरी सुझाव पठाउन आग्रह गरेका छन् ।