साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियोएसभिपीमा जबरजस्त गरे कामदार पठाउन स्थगन गर्ने संघको चेतावनी
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली श्रमिकहरूमाथि स्किल भेरिफिकेसन प्रोग्राम (एसभिपी) नरोकिए साउदी अरबमा नेपाली श्रमिक पठाउने कार्य स्थगन गर्न सकिने चेतावनी दिएको छ ।

आइतबार संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ तथा महासचिव हिराबहादुर डाँगी (हरि)ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै समस्या समाधान नभएको अवस्थामा चरणबद्ध रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने र आवश्यक परे अनिश्चितकालीन रूपमा साउदी अरबमा नेपाली श्रमिक पठाउने कार्य स्थगन गर्ने तथा यसका विरुद्ध सशक्त संस्थागत संघर्षमा उत्रिन बाध्य हुने बताएका छन् ।
नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली श्रमिकहरूमाथि एसभिपी सुरु भएपछि संघले त्यसलाई रोक्न सडक तथा कूटनैतिक माध्यमबाट प्रयास गर्दै आएको छ । तर केही म्यानपावर व्यवसायीले भने ५० डलर तिरे एसभिपि सुरु गरेपछि संघले कडा चेतावनी समेत दिदै यस विषयमा साउदी दूतावाससँगै नेपाल सरकारलाई जानकारी गराएको छ ।
![]() |
![]() |
![]() |
|---|
साउदी अरब जाने नेपाली श्रमिकहरूमाथि स्किल भेरिफिकेसन प्रोग्राम (एसभिपी)का लागि गएका कामदारको प्रमाणपत्र सिधै हेरेर अरु केही परिक्षण नगरी नेपालीस्थित साउदी दूतावासले प्रमाणिकरण गर्न थालेको केही कामदारले मूलपत्रलाई गुनासो गरेका छन् । ती कामदारका अनुसार
संघले विदेशीने कामदारलाई समेत सहज होस भनेर एसभिपीका विषयमा सरकारसँग छलफल गरिरहेको महासचिव डाँगीले जानकारी दिए । संघपनि कामदारमाथि थपिएको आर्थिक भारविरुद्ध छ । त्यसैका कारण एसभिपीका विषयमा कुटनीतिक तहमा छलफलमा लागेको उनले स्पष्ट पारे ।
साउदी जाने कामदारले नेपालमै तिर्नुपर्ने आर्थिक भार
जिसिसी शुल्क :१,५८३।–
मेडिकल : ६,५००।–
भ्याक्सिन शुल्क: ३,५००।–
आवेदन शुल्क : १,५८३।–
मेडिकल सर्टिफिकेसन : १,५८३।–
बायोमेट्रिक : ७८०।–
प्रहरी प्रतिवेदन प्रमाणित : १,०००।–
अभिमुखीकरण : ७००।–
कल्याणकारी कोष :१,५००।–
बिमा : ३,७०८।– (१८–३५ वर्ष), ४,९३१ ।– (३६–५० वर्ष)
एसएसएफ : २,५९६।–
एसभिपी : ७,५३५।–
जम्मा : ३१,८६८।–
Image Source: © https://mulpatra.com
सरकारले २०७२ सालदेखि फ्रि भिसा र फ्रि टिकटको वकालत गदै आएको छ । जसका कारण कामदार ठगि र रोजगादाताकै कारण सम्बन्धीत जानुअघि थपिने आर्थिक भारको विषयमा ध्यान दिएको देखिन ।
२ साताअघि साउदी जाने कामदारका हकमा एसभिपी खोलि सीप प्रमाणिकरण अनिवार्य गर्ने भनिएको थियो । नेपालस्थित साउदी दूतावास एसभिपी लागू गराउने अडानमा देखिएपछि संघले आन्दोलनमा उत्रिने तयारी गरेको हो । संघले यसअघि पनि एक प्रतिनिधिमण्डलमार्फत नेपालस्थित साउदी राजदूतलाई भेटी आफ्नो असहमति जनाएको थियो ।
यसअघि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले पनि नेपालस्थित साउदी राजदूतलाई भेटी नेपाल र साउदी अरबबीच गत वर्ष सम्पन्न भएको द्विपक्षीय श्रम सम्झौताविपरीत नेपाली श्रमिकमाथि थप आर्थिक भार सिर्जना गर्ने कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
तर साउदी अरेबियाले अनिवार्य सिप परीक्षणको नाममा अतिरिक्त शुल्क असुल गर्ने वा सीमित सेवा प्रदायकमार्फत एकाधिकार कायम गर्ने प्रणाली रोक्न कुनै कदम चालेको छैन ।
साउदीले लागू गरिएको एसभिपीका कारण नेपाली कामदारले अतिरिक्त शुल्क र प्रक्रिया पूरा गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै स्यंम म्यानपावर व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
सीप परीक्षण, कागजात प्रमाणीकरण तथा अन्य प्रक्रियामा लाग्ने खर्च अन्ततः कामदारकै काँधमा परेको छ । यस विषयमा सरकार गम्भीर हुनुपर्ने संघकै भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार न्यून आय भएका परिवारबाट आउने भएकाले वैदेशिक रोजगारको प्रारम्भिक लागत बढ्नुले उनीहरू थप आर्थिक दबाबमा पर्ने अवस्था देखिएको छ । श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र कम लागतको बनाउने सरकारी नीतिका बाबजुद एसभिपीसँग सम्बन्धित अतिरिक्त आर्थिक भार कसले व्यहोर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै प्रश्न उठ्न थालेको छ ।
श्रम मन्त्रालय र सम्बन्धित निकायले यस विषयमा स्पष्ट नीति तथा आवश्यक सहजीकरण नगर्दा कामदारले अतिरिक्त शुल्क तिर्न बाध्य भएको गुनासो विभिन्न पक्षबाट आउने गरेको छ । यद्यपि, एसभिपी कार्यक्रमको उद्देश्य भने साउदीमा जाने कामदारको सीप प्रमाणीकरण गरी रोजगारको गुणस्तर र सुरक्षा बढाउनु रहेको बताइन्छ ।
सरकारले एसभिपी कार्यान्वयनबाट कामदारमाथि परेको आर्थिक भारको अध्ययन गरी लागत न्यूनीकरण, शुल्कमा पारदर्शिता र आवश्यक परे सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । कामदारको हितलाई केन्द्रमा राखेर नेपाल र साउदी पक्षबीच समन्वय बढाउनुपर्ने संघकै भनाइ छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



