Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राजावादीका लागि जेठ १५ कहिले आउँदैन: प्रधानमन्त्री

राजावादीका लागि जेठ १५ कहिले आउँदैन: प्रधानमन्त्री
  • २८ बैशाख २०८२, आईतवार १४:५६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् ।

mulpatra

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’

प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए ।

mulpatra mulpatra mulpatra

‘समयलाई चिनौं, समयानुसार अघि बढौं बंगलादेश बनाउँछौं भन्ने । बंगलादेशमा पनि बितेको राजा त फर्काएनन् त, त्यहाँ पनि राजा थिए नि एकपटक । श्रीलंकामा पनि राजा फर्काएको होइन । लोकतन्त्रभित्रको कुरा हो । लोकतन्त्र, संविधान, प्रणाली र शान्तिपूर्ण राजनीति भित्रको कुरा गर्न सिके हुन्थ्यो,’ उनले भने ।

राप्रपा, राप्रपा नेपाललगायतका पार्टी र विभिन्न राजावादी संघसंस्थाले नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमार्फत १५ जेठबाट अनिश्चितकालनि जनआन्दोलन घोषणा गरेका छन् ।

राजावादीहरूले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायका एजेन्डा अघि सारेर आन्दोलन गर्दै आएका छन् । त्यही घोषणाप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले प्रतिगामी सपना काम नलाग्ने भनेका हुन् ।

Image Source: © https://mulpatra.com