राप्रपाकै घुसपेठ हुँदा तीनकुने घटना हिंसात्मक: जस लिने दौडमा लिङ्देन, प्रसाई पक्षको इग्नोर

काठमाडौं–तीन दिनअघि तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने घोषणा गरेको छ । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।
तर उनको यो प्रस्तावलाई नागरिक बचाउ महाअभियानका समर्थक र कतिपय राजावादीले जस लिन खोजेको भन्दै विरोध गरेका छन् ।
राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले तीनकुने घटनाका जिम्मा लिने लिङ्देनको दाबी छ । तर यस विषयमा नागरिक बचाउ महाअभियानका कार्यकर्ताले भने अस्वीकार गरेका छन् । गत चैत ३० गते राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटनाका मुख्य दोषी नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारले किन पक्राउ नगरेको भन्दै आक्रोस पोखेका थिए ।
तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो । जसमा राप्रपाका कार्यकर्ताहरुले घुसपेठ गरेर कार्यक्रम बिथोलेको प्रसाई समर्थकको आरोप छ ।
यस कार्यक्रममा राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् । अर्को राप्रपाका अध्यक्ष कमल थापा र उनै लिङ्देनका योजनामा तीनकुने प्रदर्शन हिंसात्मक भएको प्रसाईका समर्थकले आरोप लगाउँदै आएका छन् ।
लिङ्देन र थापाले युवा संघको सहयोगमा तीनकुनेमा घुसपेठ गरी कार्यक्रम हिसांत्मक बनाएको प्रहरी अनुसन्धानबाट खुल्न थालेको छ । जसका कारण अहिले महाअभियानले समेत राजावादी आन्दोलन छाड्ने संकेत गरेको छ । प्रहरी हिरासतमा रहेका प्रसाईलाई भेट्न पुगेका कार्यकर्ताले पनि यस्तो सुझाव दिएका छन् । प्रसाईले पनि त्यही तयारी गरिरहेको पाइएको छ ।
प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान जानुको साथै निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । यो विषयसँग सम्बन्धीत प्रसाई नभएको र प्रमाण नभेटाएपछि अहिले ओलीले उनीमाथि अरु विषयलाई जोडेर मुद्दा चलाउन प्रहरीसँगै सरकारी वकिललाई निर्देशन दिएको पाइएको थियो । तर कानुनका दुरुपयोग गरेर अनुसन्धान गर्दा सरकार निकायमाथि प्रश्न उठन थालेको छ । त्यही भएर ओलीको निर्देशन प्रहरी र सरकारी वकिल हिच्किचाउन थालेका छन् ।