Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राप्रपाकै घुसपेठ हुँदा तीनकुने घटना हिंसात्मक: जस लिने दौडमा लिङ्देन, प्रसाई पक्षको इग्नोर

राप्रपाकै घुसपेठ हुँदा तीनकुने घटना हिंसात्मक: जस लिने दौडमा लिङ्देन, प्रसाई पक्षको इग्नोर
  • १ जेष्ठ २०८२, बुधबार १२:३५

काठमाडौं–तीन दिनअघि तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने घोषणा गरेको छ । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।

mulpatra

तर उनको यो प्रस्तावलाई नागरिक बचाउ महाअभियानका समर्थक र कतिपय राजावादीले जस लिन खोजेको भन्दै विरोध गरेका छन् ।

राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले तीनकुने घटनाका जिम्मा लिने लिङ्देनको दाबी छ । तर यस विषयमा नागरिक बचाउ महाअभियानका कार्यकर्ताले भने अस्वीकार गरेका छन् । गत चैत ३० गते राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटनाका मुख्य दोषी नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारले किन पक्राउ नगरेको भन्दै आक्रोस पोखेका थिए ।

mulpatra mulpatra mulpatra

तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो । जसमा राप्रपाका कार्यकर्ताहरुले घुसपेठ गरेर कार्यक्रम बिथोलेको प्रसाई समर्थकको आरोप छ ।

यस कार्यक्रममा राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् । अर्को राप्रपाका अध्यक्ष कमल थापा र उनै लिङ्देनका योजनामा तीनकुने प्रदर्शन हिंसात्मक भएको प्रसाईका समर्थकले आरोप लगाउँदै आएका छन् ।

लिङ्देन र थापाले युवा संघको सहयोगमा तीनकुनेमा घुसपेठ गरी कार्यक्रम हिसांत्मक बनाएको प्रहरी अनुसन्धानबाट खुल्न थालेको छ । जसका कारण अहिले महाअभियानले समेत राजावादी आन्दोलन छाड्ने संकेत गरेको छ । प्रहरी हिरासतमा रहेका प्रसाईलाई भेट्न पुगेका कार्यकर्ताले पनि यस्तो सुझाव दिएका छन् । प्रसाईले पनि त्यही तयारी गरिरहेको पाइएको छ ।

Image Source: © https://mulpatra.com

प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान जानुको साथै निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । यो विषयसँग सम्बन्धीत प्रसाई नभएको र प्रमाण नभेटाएपछि अहिले ओलीले उनीमाथि अरु विषयलाई जोडेर मुद्दा चलाउन प्रहरीसँगै सरकारी वकिललाई निर्देशन दिएको पाइएको थियो । तर कानुनका दुरुपयोग गरेर अनुसन्धान गर्दा सरकार निकायमाथि प्रश्न उठन थालेको छ । त्यही भएर ओलीको निर्देशन प्रहरी र सरकारी वकिल हिच्किचाउन थालेका छन् ।