कांगेस महामन्त्री विश्वप्रकाश सगरमाथाको तेस्रो क्याम्पमा उक्लिएपछि दोधार
काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अहिले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो क्याम्पमा छन् । बेसक्याम्पसम्म मात्रै जाने भनेर हिँडेका उनले नयाँ निर्णय लिँदै सगरमाथा आरोहणको प्रयास गरेका हुन् ।

यद्यपि, शर्माको यो आकांक्षामा मौसम र समयको पाबन्दीले चुनौती खडा गरेको छ । सगरमाथा शिखरबाट उनी डेढ किलोमिटर मात्रै तल छन्, तर मौसम अनुकूल छैन । अब माथि उक्लिने कि तल झर्नेमा अलमलमा परेका छन् उनी ।
हिजो फेसबुकमा एउटा स्टाटस लेख्दै शर्माले आफ्नो स्थितिबारे अपडेट गराएका थिए । आफू उच्च मनोबलमा रहेको र स्वास्थ्य स्थिति पनि नबिग्रिएको सुखद खबर उनले आफ्नो शुभचिन्तकहरूलाई बाँडेका छन् ।
![]() |
![]() |
![]() |
|---|
सगरमाथा आरोहण बन्द हुन ६ दिन मात्र बाँकी रहेको र मौसम अस्थिर भएको हुँदा अब चढ्ने कि झर्ने भनेर निर्णय लिन नसकेको उनको भनाइ छ ।
शर्माले लेखेका छन्, ‘मे २९ मा सगरमाथा आरोहण ‘क्लोज’ हुन्छ । समय केवल ६ दिन बाँकी छ । चैत दोस्रो साता तिरै बेसक्याम्प पुगेकाहरू अहिले कोही आरोहणमा छन्, कोही तेस्रो÷चौथो क्याम्पमा ‘क्यु’ मा छन् । म यसपालि ‘सेमिफाइनल’ बेसक्याम्पसम्म भनेर वैशाख २७ मा पुगेको मान्छे, ट्रेनिङ सकाएको लगत्तै क्याम्पस १ हुँदै क्याम्प २ पुगेको छु । अब यहाँबाट ‘फाइनल’ अघि बढूँ कि, फर्कूँ कि, या ‘रोटेसन’ मा जाऊँ ? शेर्पा साथीहरूसँग आजको साँझ परामर्शमा छु ।’



