Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रास्वपाले सदन चल्न नदिने, बजेट भाषणल अन्योल

रास्वपाले सदन चल्न नदिने, बजेट भाषणल अन्योल
  • १४ जेष्ठ २०८२, मंगलवार १०:४२

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।

mulpatra

रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो ।

स्रोतले भन्यो– ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा नआएसम्म सदन सुचारु हुँदैन ।’

mulpatra mulpatra mulpatra

रास्वपाको यो अडानले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको राजीनामाको विषय उछालेर विपक्षी दलहरूले बजेट रोक्न खोजेको आशंका गरेका छन्।

संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ। तर, विपक्षी दलहरूले गृहमन्त्री नै मानव तस्करीमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन ।

यसअघि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारीको विषय उठाउँदै लेखकले ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने’ बताएका थिए। त्यो आफ्नो अभिव्यक्ति उनलाई अहिले भारी परेको छ।

Image Source: © https://mulpatra.com

रविमाथि छानबिनको माग राख्दै कांग्रेस सदनमा जुन हदसम्म गएको थियो भोलिबाट सुरु हुने बैठकमा रास्वपाले त्यसको बदला लिने तयारी गरेको छ।

गृहमन्त्री भने यसबारे सदनमा जवाफ दिँदै सबै दोष कर्मचारीलाई थोपरेर पन्छिने दाउमा छन्। त्यसको प्रतिवाद रास्वपाले कडा रूपमा गर्दै छ। तर बजेट ल्याउनुपर्ने बाध्यताले सरकार दबाबमा छ।

रास्वपाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहित सबै विपक्षी दलहरूलाई पनि आफूहरूको अडानमा साथ दिन आग्रह गरेको छ ।

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तिमा भनिएको छ, ु।।।प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भन्ने दृष्टान्त अनुरूप यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।ु

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो पार्टीले पनि गृहमन्त्रीको राजीनामा मागिसकेको बताए।

उनले भने, ‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर हामीले भनिसकेका छौँ। अब भोलिको बैठकमा कसरी प्रस्तुत हुने छलफलमा छौँ।’

गृहमन्त्रीको विषयलाई लिएर सदनमा प्रस्तुत हुनेबारे सबै प्रतिपक्षसँग सल्लाह गरेर निष्कर्षमा पुग्ने माओवादीका सचिव देवेन्द्र पौडेलले बताए।

उनले भने, ‘विपक्षी दलहरूसँग कुरा हुँदैछ, भोलि बैठक बस्नुअघिसम्म हामी निष्कर्षमा पुग्छौँ।’

तर सत्तापक्षले विपक्षी दल बजेट रोक्न लाग्यो भनेर आरोप लगाउँदैछन् नि ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले बजेट रोक्ने भनेका छैनौँ। प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर गृहमन्त्री आफैँले बोल्नुभएको छ नि। त्यो अरूलाई लागू हुने भएपनि उहाँलाई चाहिँ नहुने भन्ने हुँदैन।’

उनले आफूहरूले गृहमन्त्री संलग्न नै हुनुहुन्छ नभनेको भन्दै प्रश्न उठेपछि छानबिन सहजीकरण गर्नको लागि राजीनामा दिनुपर्छ भन्ने अडान राखेको सुनाए।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लेखकको र प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै सदन अवरोध गर्ने जनाएका छन्।
गोकर्णेश्वरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामी भ्रष्टाचारविरुद्धमा एकजुट छौँ। एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ। भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसदमा जवाफ माग्छौँ। गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ।’

यद्यपि, पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले भने अहिलेसम्म पार्टीमा भोलिको सदनमा प्रस्तुत हुने रणनीतिबारे औपचारिक निर्णय नभएको बताए। उनले भने, ‘कुरा उठेका छन्, यद्यपि, अहिलेसम्म कुनै निर्णय भएको छैन।’

गृहमन्त्रीलाई कांग्रेसको ‘क्लिनचीट’

विपक्षी दलहरूले गृहमन्त्री राजीनामा माग्दै यो प्रकरणलाई चर्काउने तयारी गरिरहेको बेलामा कांग्रेसले भने क्लिनचिट दियो। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले विपक्षले संसद् अवरोध गर्नुपर्ने कुनै आधार नरहेको जिकिर गरे।

उनले भने, ‘गृहमन्त्रीको विषयलाई लिएर संसद् अवरोध गरिराख्नुपर्ने कुनै आधार नै छैन । न उहाँ छानबिनको दायरामा हुनुहुन्छ न कसैले उहाँलाई ठोस रूपमा आरोपित गरेर आरोप दर्ता गरेको अवस्था छ । केही पनि छैन । विनाआधार अफवाहकै आधारमा संसद् अवरोध हुन थाल्यो भने त कुनै अर्थ हुँदैन ।’

प्रवक्ता डा।महतले यस्ता अफवाहको सिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सविस्तार व्याख्या गर्दै कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएपछि कांग्रेस गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्षमा पुगेको थियो।

त्यति मात्रै होइन, गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्नसम्मको प्रस्ताव बैठकमा भयो।