Close

Recent Posts

नियोजित र राजनीतिक पूर्वाग्रह राखेर ममाथि आक्रमण भयो: गृहमन्त्री लेखक

नियोजित र राजनीतिक पूर्वाग्रह राखेर ममाथि आक्रमण भयो: गृहमन्त्री लेखक
  • १५ जेष्ठ २०८२, बुधबार १७:४२

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरे ।

उनले भने, ‘यो असत्य र बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’

उनले अध्यागमन कार्यालयमा सरुवा भएर गएको तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गरे । उनले भने, ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो ।

उहाँलाई त्यहाँ सरुवा गरिएको हो । उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो । जो म भन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो ।’

‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’