यस वर्ष ५० वर्षयताकै सबैभन्दा बढी गर्मी, नेपालमा यस्तो प्रभाव

  • १६ जेष्ठ २०८२, बिहीबार १०:०३

काठमाडौं– विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १।९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान गरेको छ । यो अनुमान ५० वर्षको औसत सन् १८५० देखि १९०० को अवधिको औसत० तापक्रमको तुलनामा गरिएको हो ।

mulpatra

बुधबार सार्वजनिक विश्व मौसम संगठनको रिपोर्टमा सन् २०२५ देखि सन् २०२९ सम्मको अवधिमा हालसम्मको सबैभन्दा तातो वर्ष २०२४ लाई पनि पार गर्ने सम्भावना ८० प्रतिशत रहेको सम्भावना औंल्याइएको छ ।

दक्षिण एसियाली देशमा सन् २०२३ यताका वर्षहरुमा औसतभन्दा अधिक वर्षा हुँदै आएको छ । यस्तो सम्भावना सन् २०२५–२०२९ को अवधिको बीचमा पनि रहेको डब्ल्यूएमओले जनाएको छ । यद्यपि सबै मौसम प्याट्रन समान भने छैनन् ।

डब्ल्यूएमओको ताजा रिपोर्टमा नेपाललाई विशेष रूपमा उल्लेख गरिएको छैन । तर दक्षिण एशियाका लागि गरिएका पूर्वानुमानहरू नेपालका लागि पनि सान्दर्भिक छन् ।

नेपाल जस्ता हिमाली देशहरूमा तापमान वृद्धिले हिमनदीहरू पग्लिने र बाढी–पहिरोको जोखिम बढाउनेछ । साथै, कृषि उत्पादनमा असर, जल स्रोतहरूको अस्थिरता र जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने सम्भावना छ ।

इसिमोडको एक रिपोर्ट अनुसार, यदि विश्व तापक्रम बढिरह्यो भने नेपाल र भुटानले हिमालय क्षेत्रमा जमेको बरफ ७५ देखि ८० प्रतिशतसम्म गुमाउने खतरा छ । यसले नेपालका नदीहरूमा पानीको प्रवाह, जलविद्युत् उत्पादन र सिँचाइ प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ ।

यसैगरी कम्तीमा एक वर्षमा औसत तापमान पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत छ ।

पाँच वर्षको औसत तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत छ । यो गत वर्षको रिपोर्ट २०२४–२०२८० को तुलनामा २६ प्रतिशतले बढी हो । सन् २०२४–२०२८ मा यस्तो सम्भावना ४७ प्रतिशत मात्र थियो । यसैगरी सन् २०२३ को रिपोर्ट ९ सन् २०२३–२०२७०मा ३२ प्रतिशत मात्र थियो ।