Close

Recent Posts

फुटबलको महासंग्राम विश्वकप २०२६ आज उद्घाटन हुँदै

फुटबलको महासंग्राम विश्वकप २०२६ आज उद्घाटन हुँदै
  • २८ जेष्ठ २०८३, बिहीबार १०:११

काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आज भव्य रूपमा उद्घाटन हुँदैछ। पहिलोपटक तीन राष्ट्र अमेरिका, मेक्सीको र क्यानाडा ले संयुक्त रूपमा आयोजना गरेका छन् ।

mulpatra

नेपाली समयअनुसार आज राति १२ः४५ बजे उद्घाटन समारोह सुरु हुनेछ भने उद्घाटन खेल मेक्सिकोको ऐतिहासिक एस्टाडियो एज्टेका रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ।

यसपटक विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाएका छन्। यसअघि ३२ टोली मात्र सहभागी हुने व्यवस्था थियो। नयाँ ढाँचाअनुसार प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्, जुन विश्वकप इतिहासकै सर्वाधिक हो। प्रतियोगिता जुलाई १९ सम्म सञ्चालन हुनेछ र फाइनल खेल अमेरिकाको न्युयोर्कमा हुनेछ।

mulpatra mulpatra mulpatra

साविक विजेता अर्जेन्टीना उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। पाँचपटकको विश्व च्याम्पियन ब्राजिल, फ्रान्स, स्पेन, जर्मन, पोर्चुगल नेदरल्याण्ड लाई प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ।

विश्वकप २०२६ मा सहभागी ४८ राष्ट्र रहेका छन् । उत्तर तथा मध्य अमेरिकाबाट अमेरिका, मेक्सिको, क्यानडा, कोस्टारिका, पानामा, जमैका, एल साल्भाडोर, हाइटी, कुराकाओ सहभागी हुनेछन् ।

दक्षिण अमेरिकाबाछ अर्जेन्टिना, ब्राजिल, उरुग्वे, इक्वेडर, कोलम्बिया, पाराग्वे खेल्नेछन् ।

Image Source: © https://mulpatra.com

युरोपबाट फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स, इङ्ग्ल्यान्ड, बेल्जियम, क्रोएसिया, स्विट्जरल्याण्ड, सर्बिया, अस्ट्रिया, चेकिया, टर्की, युक्रेन, नर्वे, स्विडेन रहनेछन् ।

अफ्रिकाबाट दक्षिण अफ्रिका, मोरक्को, सेनेगल, ट्युनिसिया, अल्जेरिया, इजिप्ट, घाना, केप भर्डे, आइभरी कोस्ट समावेश छन् ।

एसियाबाट जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, साउदी अरेबिया, उज्वेकिस्तान, जोर्डन, इराक, कतार र ओसियानाबाट न्युजिल्यान्ड खेल्नेछन् ।

यस संस्करणमा उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले पहिलोपटक विश्वकप खेल्दै छन्। त्यस्तै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकपमा पहिलो जितको खोजीमा छन्।

विश्वकप २०२६ मा फुटबलका सुपरस्टारहरू पनि आकर्षणका केन्द्र रहनेछन्। अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एम्बाप्पे, ब्राजिलका नेयमार तथा स्पेनका लामिन यमाललगायत चर्चित खेलाडीको प्रदर्शनमाथि विश्वभरका समर्थकको नजर रहनेछ।

विश्वभरका अर्बौं फुटबल समर्थक अहिले विश्वकपको माहोलमा रमाइरहेका छन्। आयोजक पक्षका अनुसार यसपटक विश्वको कुल जनसंख्याको करिब ५८ प्रतिशतले प्रतियोगिता हेर्ने अनुमान गरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com