Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन

राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन
  • १७ जेष्ठ २०८२, शुक्रबार १२:१२

काठमाडौं– राजावादी घटकहरूको मोर्चाले हिजोबाट सुरू गरेको ‘संयुक्त जनआन्दोलन’ ले आज पनि निरन्तरता पाउने भएको छ । आजको प्रदर्शन भने माइतीघर–बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ ।

mulpatra

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा अनिश्चितकालीन आन्दोलन सुरू भएको हो । माग पूरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरुले बताएका छन् । हिजो पहिलो दिनको आन्दोलन शान्तिपूर्ण रहेको थियो ।

आज माइतीघरको आन्दोलनलाई पनि शान्तिपूर्ण नै बनाइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । हिजोको आन्दोलन सफल र प्रभावकारी बनेकाले कार्यकर्ताहरूको मनोबल उच्च बनेको उनको भनाइ छ । श्रेष्ठले भने, ‘हामी एउटा जिम्मेवार राजनीतिक दल हौं । हिंसा भड्काउने हाम्रो योजना छैन । तर, यदि गणतन्त्रवादी दलहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको खण्डमा आन्दोलन चर्केर जान सक्छ ।’

mulpatra mulpatra mulpatra

हिजोको आन्दोलने राजसंस्थावादीहरूको नैतिक जित भएको ठहर पनि श्रेष्ठले गरेका छन् । उनी भन्छन्, ‘हिजो गणतन्त्रको उत्सव मनाउनका लागि सत्तारुढ प्रमुख दलले नै आग्रह गरेको थियो । तर, गणतन्त्रको उत्सव मनाउने भन्दा यसको विरोधमा उत्रिनेहरू कयौं गुणा बढी देखिए । यो हाम्रो नैतिक जित हो ।’