बाढी महाशाखाले भन्योः तीन दिन यी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाऔँ

बाढी महाशाखाले भन्योः तीन दिन यी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाऔँ
  • १८ जेष्ठ २०८२, शनिबार १२:२२

काठमाडौं– मनसुन भित्रिएसँगै देशभर बाढीले क्षति गर्ने जोखिम बढेको छ। त्यसो त कोसी प्रदेशमा बाढीले सडक नै भत्काइसकेको छ ।

mulpatra

यसैबीच जल तथा मौसम विज्ञान विभागअन्तर्तगको बाढी पूर्वानुमान महाशाखाले बाढीको खतराबारे जानकारी दिन सुरु गरेको छ । यसै क्रममा बाढी महाशाखाले शनिबार बिहान बाढीसम्बन्धी सतर्कता जारी गरेको छ ।

जसमा लेखिएको छ, ‘आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ । कन्काई नदीमा जलसतह सतर्कता तहनजिकै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ ।’