पुर्व गृहमन्त्री कमल थापा पक्राउ
काठमाडौँ । राजतन्त्रको पक्षमा संयुक्त सडक आन्दोलन गरिरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वगृहमन्त्री समेत रहेका थापा काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनमा पक्राउ परेका हुन ।
राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापा लगायतका प्रदर्शनकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो । जुलुस लिएर बालुवाटार जाने क्रममा उनी पक्राउ परेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।



