Close

Recent Posts

कांग्रेस–एमाले सरकारसँग चीन खुसी भएको सन्देश बाकेर पूर्वराष्ट्रपति भण्डारी फर्किन

कांग्रेस–एमाले सरकारसँग चीन खुसी भएको सन्देश बाकेर पूर्वराष्ट्रपति भण्डारी फर्किन
  • २० जेष्ठ २०८२, सोमबार १२:०१

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फर्किएकी छन्। दश दिन लामो चिन भ्रमणबाट आज भण्डारी स्वदेश फर्किएकी हुन् ।

mulpatra

भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता पनि भएको एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले बताए । चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायत शीर्ष तहको भेट भएको उनले बताए ।

भ्रमणले नेपाल चीनको लामो समयदेखिको मित्रलाई सुदृढ गर्ने र दुई देशबीचका सम्झौताहरू पुनर्ताजकी गरेको बताए । उनले भ्रमण उपलब्धिमूलक भएको बताए ।

mulpatra mulpatra mulpatra

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि नेपालमा राजनीतिक स्थायित्व दिने विश्वास चिनियाँ पक्षले राखेको बताए।

उनले उच्चस्तरीय भेटमा कांग्रेस एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थायित्व दिने भन्दै खुसी व्यक्त गरेको दाबी गरे।