Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

गृहमन्त्रीमाथि छानबिन नभएसम्म सदन चल्न नदिने पक्षमा विपक्षी

  • २४ जेष्ठ २०८२, शुक्रबार १४:५६

काठमाडौं– प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ ।

mulpatra

शुक्रबार बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालखबरसँग बताए।

‘गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ, ’उनले भने, ’यसबारे कांग्रेससहितका सबै दलसँग छलफल गर्ने कुरा पनि भएको छ।’

mulpatra mulpatra mulpatra