Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईमाथि दोष थुपारेर समितिमा भित्रिएका लिङदेन र थापानै राजावादी आन्दोलनबाट भागे, अलमलमा समिति

प्रसाईमाथि दोष थुपारेर समितिमा भित्रिएका लिङदेन र थापानै राजावादी आन्दोलनबाट भागे, अलमलमा समिति
  • २४ जेष्ठ २०८२, शुक्रबार १६:५८

काठमाडौं– काठमाडौंको रत्नपार्कबाट सुरु भएको राजावादी आन्दोलन सिफल चौरमा आइपुग्दा सेलाएको छ । त्यति मात्र होइन दुवै राप्रपा अध्यक्षहरु समेत आन्दोलनबाट टाडिन थालेका छन् । जसका कारण राजावादी आन्दोलन छिन्नभिन्न अवस्थामा पुगेको छ ।

mulpatra

गत वैशाख १५ गतेबाट सुरु भएको आन्दोलन तीन दिनमै निस्ताएको छ । जसका कारण राप्रपाकै नेताहरुपनि आन्दोलनबाट पन्छिन थालेका छन् । आन्दोलनमा सहभागिता घट्न थालेपछि राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउन लागेको बताइरहेका छन् । तर राजावादी नै अहिले आन्दोलन औंचित्यबिहिन भएको बताउन थालेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापासमेत अहिले राजावादी आन्दोलनबाट टाडिएका छन् । गत साता समितिले राखेको पत्रकार सम्मेलनमा लिङ्देन देखिएनन् । उनै राजेन्द्र लिङ्देनले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई चैत १५ गते दोष र आरोप लगाएर समितिमा भित्रिएका थिए ।

mulpatra mulpatra mulpatra

नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो । जसमध्ये ३० वटाभन्दा बढी दलले दुर्गा प्रसाईको खोजी गरेको समितिका एक जना सदस्यले जानकारी दिए ।

काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी रहने तथा देशका प्रमुख शहरहरुमा विरोध सभा, धर्ना र जनप्रदर्शन गर्ने जनाइएको छ ।

आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरेपछि फेरि काठमाडौं केन्द्रित हुने बताइएको छ ।

Image Source: © https://mulpatra.com

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो । राप्रपा र सरकारले लगाएको आरोप पुष्टि भएन ।

अहिले राजावादी आन्दोलनमा उनै प्रसाईको खोजी र नेतृत्व आवश्यक रहेको समिति र राप्रपाकै नेताहरुले बताउन थालेका छन् ।

१५ जेठमा सरकार र गणतन्त्र पक्षधर दलहरूले गणतन्त्र दिवस मनाउने तयारी गरेका छन् । राजावादी समूहले पनि त्यसै दिनबाट राजा फर्काउने आन्दोलन चर्काउने घोषणा गरेको छ । यति बेला पनि प्रसाईको खोजी भएको थियो ।

प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन । यस विषयमा राप्रपाले सहयोग नगरेको प्रसाईका समर्थकले आरोप लगाउँदै आएका छन् । तर प्रसाईले भने यस विषयमा केही प्रतिक्रिया दिएका छैन ।

संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले भने आन्दोलनका लागि नयाँ रणनीति बनाइरहेको जानकारी दिए । राजसंस्था फकाउने आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने भएका कारण छलफल भइरहेको उनले बताए । ‘आन्दोलनको सुनवाइ र माग सम्बोधन गर्नुको साटो सरकारले उल्टो सबैतिर निषेधाज्ञा लगाएर अधिनायकवाद प्रदर्शन गरेको छ । त्यही भएर आन्दोलनको रुवरुप परिवर्तन हुन्छ ।’ उनले भने ।

प्रवक्ता नेपालले जे भने जस्तो भनेपनि राजावादी आन्दोलनलाई दुई राप्रपासहित राजावादी घटकले पार लगाउन नसक्ने आन्दोलनमै सहभागिहरुबाट आवाज उठ्न थालेको छ ।