Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रधानमन्त्रीको व्यवहारबाट देउवा वाक्कदिक्क, सरकार ढल्ने संकेत

प्रधानमन्त्रीको व्यवहारबाट देउवा वाक्कदिक्क, सरकार ढल्ने संकेत
  • २६ जेष्ठ २०८२, आईतवार १०:४७

काठमाडौं– वर्तमान सरकार सदनको सबैभन्दा ठूला दुई दल काँग्रेस र एमाले मिलेर बनेको हो । यसको नेतृत्व केपी शर्मा ओलीले गरिरहेपनि सत्ता साझेदार दल नेपाली काँग्रेस भने अख्तियारले पूर्वप्रधानमन्त्रीहरुमाथि नै खतराको संकेत गराउनेगरी कसरी कदम चाल्यो । यस विषयमा सत्ता साझेदार कांग्रेन नै असन्तुष्ट देखिन थालेको छ ।

mulpatra

प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ मान्ने हो भने माधव नेपालको मुद्धाबारे जानकारी लिन काँग्रेस सभापति शेरबहादुर देउले नै उनलाई टेलिफोन गरेका थिए ।

देउवाको टेलिफोनबारे प्रचण्डले नै भनेका छन् –‘माधव नेपालमाथि मुद्दा दर्ता भयो, त्यो विषयमा के भएको हो ? भनेर देउवाले सोध्दै हुनुहुन्थ्यो । शेरबहादुरजीले मलाई फोन गरेर सोधेपछि म आफै आश्चर्यमा परेँ । त्यसपछि मैले तपाईंलाई नै यस विषयमा थाहा हुनुपर्ने हो नि भनेर जवाफ दिएँ ।’

mulpatra mulpatra mulpatra

गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपले संसद अबरुद्ध छ । यो विषयमा विपक्षीहरु एक स्वर भएर गृहमन्त्रीको राजीनामा आउनुपर्ने र उनीमाथि निश्पक्ष छानविन गरिनुपर्ने माग जोडतोडले उठाइरहेका छन् ।

तर यहीबीचमा सर्वोच्चबाट पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा उत्प्रेषण आदेश आयो ।

उता अग्नी सापकोटा प्रकरणको विषय पनि द्वन्द्वकालीन मुद्धा भएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गर्नुपर्नेमा प्रहरीलाई नै छानविन गराउन आदेश दिइएको भन्दै राजनीतिक दोहोरी चलिरहेको छ । यसर्थ यी केही आधारले पनि गृहमन्त्री प्रकरणको काउण्टरमा ओलीले विपक्षीलाई गलाउन यस्तो कदमहरु चालेका रुपमा व्याख्या भइरहेका छन् ।

Image Source: © https://mulpatra.com

प्रचण्डको यो खुलासाले विपक्षी गलाउने गरी भईरहेका पछिल्ला श्रृङ्खलाबद्ध घटनाक्रमहरु प्रधानमन्त्री ओली एक्लैको कदमका रुपमा लिइएको छ ।

प्रचण्डको यो खुलासाले विपक्षी गलाउने गरी भईरहेका पछिल्ला श्रृङ्खलाबद्ध घटनाक्रमहरु प्रधानमन्त्री ओली एक्लैको कदमका रुपमा लिइएको छ । त्ताको आलोपालोमा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने शर्त छ । यस्तैमा ओलीले देउवालाई सहजै पद हस्तान्तरण गर्नेमा पनि शंका नै देखिन्छ । तर यदी सत्ता भंग भएमा सदनको सबैभन्दा ठूलो दलको हैसियतले देउवा नै प्रधानमन्त्री बन्ने पक्का छ ।

ओलीको राजनीतिक दाउपेच वा चलखेलका रुपमा पनि बुझेको स्पष्ट छ । त्यसैले नै देउवाले प्रधानमन्त्री ओलीको साटो प्रचण्डलाई टेलिफोन गरेको रुपमा बुझ्न सकिन्छ । ओलीले माधवलाई तर्साएर उनी नेतृत्वको नेकपा एसलाई विभाजित वा सिंगो पार्टी नै एमालेमा समाहित गराउने ओली रणनीति पनि देखिन्छ ।

पछिल्लो समय ओली व्यवहारबाट विपक्षी दल मात्र होइन । कांग्रेस पनि वाक्कदिक्क भएको बताउँदै आएका छन् ।