दैनिक साढे २ हजार युवा कामको खोजीमा विदेशीन्छन्
काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो साता ७ लाख २९ हजार ६ सय ५१ श्रमिकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले जेठ २० सम्म नयाँ श्रम स्वीकृति लिने युवाको संख्या एक लाख १६ हजार ८ सय १७, मेनपावर पावर कम्पनीमार्फत ३ लाख ११ हजार ४ सय ८८, पुनः श्रम स्वीकृति ३ लाख ३ सय १७ र जीटूजीमार्फत एक हजार २९ युवालाई श्रम स्वीकृति प्रदान गरिएको जानकारी दिए ।
चालु वर्षको मंसिरमा सबैभन्दा बढी युवाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको पाइएको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको सोही अवधिमा ५५ हजार बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यसैलाई आधार मान्ने हो पनि पनि चालु आवमा विदेश जानेको संख्या ८ लाख नाघ्ने देखिन्छ ।
![]() |
![]() |
![]() |
|---|
गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति संख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको संख्या उच्च हुने संकेत देखिएको छ । यद्यपि चालु आर्थिक वर्षको साउन, भदौ र असोजसम्म निराशाजनक रहेको थियो ।
चालु वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८१ हजार १०, पुसमा ६७ हजार २५७, माघमा ७१ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार, वैशाखमा ७८ हजार ५१ र जेठमा ७२ हजार ८६१ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
गत आवको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जान ६ लाख ९८ हजार ४३१ युवाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष मासिक औसत ६३ हजार ४९३ र दैनिक औसत दुई हजार ११६ युवाले श्रम स्वीकृति लिएको देखिन्छ । कोभिड संक्रमणका बेला दुई वर्ष नेपालको आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत तीन वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायमा गर्दै आएको छ ।
Image Source: © https://mulpatra.com
मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको थियो । आव २०७८÷७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको भए पनि मंसिरको तथ्यांकले वैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ ।



