Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की, यसरी टेबुल ठोकाठोक

भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की, यसरी टेबुल ठोकाठोक
  • ३१ जेष्ठ २०८२, शुक्रबार १३:३४

काठमाडौं – भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ ।

mulpatra

सिंहदरबारमा शुक्रबार बसेको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।

बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको बताए । संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको टिप्प्णी पराजुलीको थियो ।

mulpatra mulpatra mulpatra

पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने मागसमेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दामात्रै हो ? भन्दै प्रश्न गरेपछि सत्तापक्ष सांसदहरूले आपत्ति जनाए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै उनले रुलिङको माग गरे ।

विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए । सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारणको जवाफ खोजे । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सवैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।

Image Source: © https://mulpatra.com

पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे ।

त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाए । त्यसपछि फेरि विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरे । अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहो¥याए ।