Close

Recent Posts

‘नीलो रिबन’ लगाएर सदन गए रास्वपाका सांसद

‘नीलो रिबन’ लगाएर सदन गए रास्वपाका सांसद
  • ३ असार २०८२, मंगलवार १४:०८

काठमाडौं– भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगायत विरोध गरेका छन् ।

mulpatra

भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आरोपको आरोप छ। यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

आज पनि प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाए । यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’

mulpatra mulpatra mulpatra

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको प्रवक्ता मनिष झाले बताए ।