Close

काठमाडौं महानगरपालिकाको बजेट आज नआउने

काठमाडौं महानगरपालिकाको बजेट आज नआउने
  • १० असार २०८२, मंगलवार १५:०७

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज बजेट नल्याउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।
गत पुस १४ गतेयता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन । कार्यपालिका सदस्यहरूले लगातार बजेट माग गरिरहेका छन् ।

mulpatra

बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको बजेट पनि अन्योलमा परेको हो ।

मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको छ । कार्यपालिका र नगर सभा बोलाउनेगरी आन्तरिक छलफल भने भइरहेको उनको भनाइ छ ।