बालुवाटार जग्गा भ्रष्टाचारमा मुछिएका बाबुरामको पार्टीले पनि भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने
काठमाडौं– बालुवाटारको सरकारी जग्गा प्रकरणमा कृष्णप्रसाद भट्टराईदेखि माधव नेपाल हुँदै तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईका पालामा पनि निर्णयहरु भएको पाइएको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश समितिको आवासीय विस्तारित बैठकले पोखरा विमानस्थलमा भएको अनियमियता, बुढीगण्डकी, मध्यपहाडी लोकमार्गमा भएको ढिलासुस्ती, पोखरा वसपार्कलगायत क्षेत्रमा भएको भ्रष्टाचारविरुद्व जनसंघर्ष गर्ने निर्णय गरेको हो ।
उनीपनि बालुवाटार जग्गाको भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् । बालुवाटारको बहुचर्चित सरकारी जग्गा व्यक्तिका नाममा ल्याइएको सन्दर्भमा विभिन्न ठाउँबाट आ–आफूलाई पायक पर्ने हिसाबले व्याख्या–विश्लेषण भइरहेका बेला थप संवेदनशील तथ्यहरु फेला परेका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्राप्त तथ्य र प्रमाणित दस्तावेजका आधारमा भन्न सकिन्छ– ०२१ सालमा सरकारले जफत गरेको जग्गा हडप्न सरकारी जग्गा गुठीमा परिणत गरी नक्कली मोही खडा गरिएको रहेछ ।
नयाँ शक्तिले फेवातालको मापदण्डलाई सर्वोच्चको आदेश कार्यन्यन गर्न पोखरा महानागर पालीका र गण्डकी प्रदेश सरकारलाई दवाव र गोर्खाली रबर उद्योगमा भएको अनियमिततालाई छानबिन गरि कार्यवाही गरी सञ्चालन गर्न जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको पक्षमा जनचेतना अभियान, उत्पीडित जाति, महिला, मजदुर, कृषकहरूको मुद्दालाई संगठनको प्राथमिकतामा राखी समस्या समाधानका कार्यक्रम सञ्चालन गने, गण्डकी प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटप्रति समीक्षात्मक दृष्टिकोण प्रस्तुत गर्दै वैकल्पिक नीति सुझाउन सरकारलाइ आग्रह गर्ने निर्णय पनि गरेको छ । तर नयाँ शक्ति भटट्राई समेत भ्रष्टाचारमा जोडिएको पुर्वप्रधानमन्त्री हुन् ।
Image Source: © https://mulpatra.com



