Close

Recent Posts

ओलीले राक्ने खोजेपनि भाेलीदेखि सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको तयारी

ओलीले राक्ने खोजेपनि भाेलीदेखि सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको तयारी
  • १३ असार २०८२, शुक्रबार १४:३४

काठमाडौं– मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ ।

mulpatra

यसै कार्यक्रममार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले नेताहरूले जानकारी दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन् ।

ओलीकै सहयोगमा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पति मदनको ७४ औं जन्मजयन्तीकै अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट नेताहरूले बताएका छन् ।

mulpatra mulpatra mulpatra

बुधबार एमालेको ५३ औं सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेको बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले झनै नराम्रो गर्ने बताउँदै यो विषय सचिवालयमा उठाएका थिए ।

शनिबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बन्दैछन्। प्रधानमन्त्री ओलीको शनिबार स्पेन जाने तयारी छ। उनी कार्यक्रमलाई सम्बोधन गरेर छिट्टै निस्कन सक्ने एमाले नेताहरूले बताएका छन् ।

उनले विधानमै व्यवस्था गरेर भण्डारीलाई रोक्नुपर्ने प्रस्ताव गरेका थिए। तर, समर्थनमा बोल्ने कोही नहुँदा यो विषय त्यतिकै रोकिएको थियो । मदन भण्डारी पत्नी भण्डारी एमालेमा लामो समय ओलीको निकट सहयोगीका रूपमा चिनिन्थिन् ।

Image Source: © https://mulpatra.com