Close

Recent Posts

निजामती विधेयक च्यात्दै सांसद प्रभु साहले देशमै आगो लगाउने चेतावनी दिए

निजामती विधेयक च्यात्दै सांसद प्रभु साहले देशमै आगो लगाउने चेतावनी दिए
  • १५ असार २०८२, आईतवार १५:५२

काठमाडौं– सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए ।

mulpatra

साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयाोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’

आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे । यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनी बैठक बहिष्कार गरेर हिँडेका छन् ।

mulpatra mulpatra mulpatra

उनले संसदमा बोलेका शब्द

सम्माननीय सभामुख महोदय, यो गरिब मारा यो विधेयक यदि पारित भयो भने देशमा आगो बल्छ। गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको यो निजामती विधेयक हामीले स्वीकार्य छैन । यदि यो आज पारित भयो भने गरिबको लागि यो एउटा कालो दिन हुनेछ र यसका हत्यारालाई गरिबले कहिले पनि माफ दिने छैन ।

म फेरि भन्छु, यो विधेयक करेक्सन गरियोस्, यो विधेयक फिर्ता लियोस् । यदि यसरी पारित भयो भने गरिब जनताले स्वीकारेको छैन, प्रभु शाहले स्वीकारेको छैन, आम जनतालाई अत्याचार हुने, सामाजिक न्यायको पनि बर्खिलाफ हो । संविधानमा सामाजिक न्यायको कुरा गर्नुभएको छ, सामाजिक न्यायको अधिकारको कुरा गर्नुभएको छ, समानताको कुरा गर्नुभएको छ र सबै सबै अधिकारको तपाईहरुले दुरुपयोग गरिराख्नु भएको छ । निषेध गर्नुभएको छ । अब गरिबले लोकसेवा दिन नपाउने ।

Image Source: © https://mulpatra.com

पाईहरुको अपराधले तिनी गरिब हुने, त्यसले पढ्न नपाउने । कि त भन्नुपर्यो अब ट्वाइलेटमा कसैले सफा गर्ने छैन, पिएनको काम कसैले गर्ने छैन, ड्राइभरको काम कसैले गर्ने छैन । यदि गर्ने छ भने, त्यसको जीवन जीवन होइन ? गरिबले बढी सुविधा पाउनुपर्ने हो नि । गरिबलाई कमजोरलाई सुरक्षाको कुरा गर्नुपर्ने होला नि ।र त्यसलाई आज रुवाउने, रुवाउने यस्ता विधेयक हामीले स्वीकार्ने छैन र म भन्न चाहन्छु, यसलाई म कुनै पनि हालतमा नेपाली जनताले स्वीकार्ने छैन ।

यस्तो अपराधिक कामको साक्षी किनारा म बन्न सक्दिनँ । संसदले पनि नबनोस् भन्ने म आग्रह गर्न चाहन्छु । यस्ता चिरहरण, गरिबको भविष्यमाथि कत्ल्याम गर्ने चिरहरणको म साक्षी किनारा हुन नसक्ने व्यहोरा अनुरोध गर्दै म यो आजको बैठक बहिष्कार गर्दछु र यस्ता विधेयकलाई स्वीकार गर्न सकिन । म च्यात्छु । धन्यवाद ।