Close

Recent Posts

सर्वोच्च अदालतले ५२ संवैधानिक नियुक्ति सदर गर्‍यो

सर्वोच्च अदालतले ५२ संवैधानिक नियुक्ति सदर गर्‍यो
  • १९ असार २०८२, बिहीबार ००:३३

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले मध्यरातमा ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर गर्ने निर्णय सुनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको नियुक्तिविरुद्ध परेका १५ वटा रिट निवेदन खारेज गर्दै अदालतले नियुक्ति वैध ठहर गरेको हो।

mulpatra

न्यायाधीशहरूबीच मत बाझिएको भए पनि ३–२ को बहुमतबाट नियुक्ति सदर गर्ने फैसला भएको हो। २०७७ मंसिर र २०७८ असारमा दुई चरणमा गरिएको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्धा दायर भए यता उक्त मुद्धा पेचिलो बन्दै आएको थियो । पहिलो चरणका केही नियुक्तिमा न्यायाधीशबीच मत विभाजन भए पनि दोस्रो चरणका नियुक्तिलाई भने सबै न्यायाधीशले संविधानसम्मत मानेका छन्।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेशमार्फत गणपुरक संख्या घटाएर निर्णय अघि बढाएका थिए। विपक्षी दलका नेताहरूको असहयोगपछि अध्यादेशमार्फत परिषद्को बैठक बसेर संवैधानिक पदमा नियुक्ति गरिएको थियो।

mulpatra mulpatra mulpatra

उक्त समयमा नियुक्ति भएकाहरु उमेरहदका कारण केही अवकासमा गइसके पनि बाँकीरहेकाहरुले अदालतको यो फैसलासँगै कार्यकालभर काम गर्न पाउने भएका छन्।