रिभेरा इन्टरनेशनल एकाडेमी : व्यवस्थापन शिक्षाको उत्कृष्ट गन्तव्य

काठमाडौं । शैक्षिक क्षेत्रमा काठमाडौं उपत्यका भित्र विशिष्ट पहिचान बनाएको चावहिल मैजुबहाल स्थिति रिभेरा इन्टरनेशनल एकेडेमी प्लट टु मा व्यवस्थापन विषयमा उत्कृष्ट गन्तव्य बनेको छ । विगत पच्चिस बर्ष देखि निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै अघि बढीरहेको रिभेरा इन्टरनेशनल एकाडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा स्थापित छ ।
शतप्रतिशतको उत्कृष्ट नतिजा, अनुभवी शिक्षक, नियमित हुने अतिरिक्त क्रियाकलाप र विद्यार्थी केन्द्रित सिकाई प्रविधिले रिभेरालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गराएको विद्यालयका प्राधानाध्यापक प्रज्वल कोइराला बताउनु हुन्छ । विद्यालय तहमा समेत स्टीम शिक्षालाई अपनाइरहेकोले एसईई मा समेत जिपिए ४ सहित उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले प्लस टु मा व्यवसायीक, नेतृत्व विकास, उद्यमशिलता लेखा तथा प्राविधिक शिक्षण सिकाईलाई प्राथमिकतामा राखेर अध्यापन गराइरहेको छ । त्यसका साथै नियमित रुपमा शिक्षण सिकाई क्रियाकलाप, समूह कार्य, प्रस्तुती, सामुहिक परियोजना कार्यहरु गराउँदै आइरहेको समेत कोइरालाले बताएका छन् ।
विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीलाई खेलकुद, हाजिरी जवाफ, वादविवाद, तथा सामाजिक कार्यहरूमा समेत सहभागी गराउदैँ आएको छ । ‘समय–समयमा हुने अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला तथा अध्ययन भ्रमण, प्रतिवेदन लेखन जस्ता निरन्तर हुने क्रियाकलापले विद्यार्थीलाई सिक्न प्रेरित गरिरहेको र नतिजा राम्रो रहेको विद्यालय सन्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराईले बताए ।
उत्कृष्ट व्यवस्थापन र विषय विज्ञहरुको समूहबाट सन्चालित रिभेरा भौतिक एवं शैक्षिक रुपमा सक्षम र सबल रहेका देखेर नै आफ्नो नानीलाई त्यही पढाइरहेको र सोही कारण पनि यो विद्यालय व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक रोहित तोलाङ्गेले बताएका छन् ।
आजको युग सुहाउँदो सीपको विकास नगरी ग्लोबल एजुकेसनको अवधारणा पुरा हुन सक्दैन भन्ने तथ्यलाई मध्यनजर गर्दै कलेजले आफ्नो स्थापनाकालदेखि नै ‘एक्काइसौं शताब्दीका सीपको गन्तव्य’ भन्ने नाराका साथ एक्काइसौं शताब्दीका सीपहरूको छुट्टै पाठ्यक्रम तयार गरी शिक्षण सिकाइ गर्दै आएको छ । अनुसन्धानमा आधारित शिक्षण सिकाइ, पर्याप्त अतिरिक्त तथा सहक्रियाकलापकहरु, योग्य तथा अनुभवि उप(प्राध्यापकहरु, कक्षाकोठामा सीमित संख्यामा मात्र विद्यार्थी राख्ने प्रावधान, बोर्ड परीक्षामा निरन्तररुपमा उत्कृष्ट परिणामका कारणले रिभेरा इन्टरनेसनल एकेडेमी एक उत्कृष्ट प्लस टु कलेजको रुपमा रहेको छ।




