शपथका लागि घण्टीघर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य

शपथका लागि घण्टीघर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य
  • १७ असार २०८३, बुधबार १२:४४

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदै छ ।

mulpatra

पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू शपथ ग्रहण कार्यक्रमका लागि अहिले जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् ।

चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

mulpatra mulpatra mulpatra

रास्वपामा एकजना सभापति, तीनजना उपसभापति, दुईजना महामन्त्री, पाँचजना सहमहामन्त्रीसहित १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ ।