‘कुलिङ पिरियड’ मा छेडखानी– संसदीय समितिको नेतृत्व कांग्रेसले नै गर्न नहुने रास्वपाको मत
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकको कुलिङ पिरियडमा छानबिन समिति बनाउँदा कांग्रेसले नेतृत्व लिन नहुने मत राखेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताए ।

उनले भने, ‘जुन व्यक्तिको नाम जोडिएको छ त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर तपाईँहरूले भन्नुभएको थियो त्यो पनि बिर्सिनुभयो ।’
उनले यो समितिमा आफ्नो दलको सहभागिता रहने बताए। भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएको एजेन्डा पनि नछाडेको बताए । उनले अगाडि भने, ‘प्रतिपक्षका साथीहरूले यो सरकार ढल्छ भन्दै गर्दा मैले भनेको थिए, यो सरकार नढलोस्, किनभने कति गिर्छ यो सरकार हेर्न बाँकी छ ।’
![]() |
![]() |
![]() |
|---|



