Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

निगमले घटायो इन्धनको मुल्य, कुनको कति घट्यो सुचिसहित

निगमले घटायो इन्धनको मुल्य, कुनको कति घट्यो सुचिसहित
  • ३१ असार २०८२, मंगलवार २१:२०

काठमाडौं । पेट्रोलमा पाँच रुपैयाँे घटाउँदै नेपाल आयल निगमले इन्धनको मुल्य सार्वजनिक गरेको छ । असार ३२ विहानबाट लागु हुने गरि पेट्रोलमा पाँच रुपैयाँ र डिजेलमा भने एक रुपैयाँ प्रतिलिटर घटाएको छ ।

mulpatra

निगमको बुधबार देखि कायम हुने नयाँ मूल्यसूची अनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ रहने निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

निगमले इन्धनको मुल्यका लागि तीन बर्गमा विभाजन गरे अनुसार पहिलो वर्ग चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १५७.५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४५.५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर र डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्र मा पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ पर्नेछ।
आयल निगमको विज्ञप्तीः