Close

Recent Posts

ओलीलाई भीम रावलको व्यङ्ग्य: खाएर सुतेको समय पनि घटाउने हो कि

ओलीलाई भीम रावलको व्यङ्ग्य: खाएर सुतेको समय पनि घटाउने हो कि
  • ६ श्रावण २०८२, सोमबार १०:३१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेद हदको विषयमा दिएको अस्वभाविक तर्कबारे नेता भीम रावलले व्यङ्ग्य गरेका छन् ।

mulpatra

केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेस भएछ’, रावलले अघि लेखेका छन्, ‘के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’

mulpatra mulpatra mulpatra

प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै विषयला लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यङ्ग्य गरेका हुन् ।